News Portal

मोरङको सुनवर्षी सिफ्टीबाट लागूऔषध सहित एक जना पक्राउ

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
४५४ पटक

असोज-१९,शुक्रबार/मोरङ – मोरङ सुनवर्षी नगरपालिका ८ स्थित सिक्टी चोकबाट अबैध लागूऔषध सहित एक जना पुरुष पक्राउ परेका छन ।   

छिम्की मुवुक भारतबाट नेपालतर्फ आउदै गरेको बा ३ प ९९०१ नम्बरको मोटरसाइकलाई चेक जाँच गर्ने क्रममा सुनवर्षी ९ बस्ने ५० बर्षीय मित्रबहादुर राईलाई  लागूऔषध नेपालमा प्रतिबन्धित ट्रामाडोल (Tramadol capsule Ip 50 mg)  सात हजार दुई सय असी वटा ट्याबलेट सहित नेपाल प्रहरीले पक्राउ गरेको छ ।  

इलाका प्रहरी कार्यालय रंगेली मातहतमा रहेको  प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको टोलिले लागूऔषध सहित राईलाई पक्राउ गरी प्रतिबन्धित लागूऔषध प्रहरीले बरामद गरेको छ । 

प्रहरीले थप अनुसन्ध र आवश्यक कार्वाहीका लागि  औषधी व्यवस्था विभाग विराटनगरबाट पठाईएको  प्रहरी निरिक्षक बुद्धिराम चापागाईंले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...