विवास्पद अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास पाँच सय रुपैयाँ जरिवानामा रिहा

धरान – विवास्पद अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास आचार्यलाई जिल्ला प्रशासन कार्यालय धनुषाले पाँच सय रुपैयाँ जरिवाना गरी रिहा गरेको छ । उनीमाथि जिल्ला प्रशासन कार्यालय धनुषामा सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको थियो ।
उनलाई पाँचसय रुपैयाँ जरिवाना गरी आज साँझ रिहा गरिएको धनुषाका प्रहरी प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
गत असोज १२ गते जनकपुरधाममा भएको गौहत्याको विरुद्धको जुलुसको कोणसभामा उनले खुकुरी देखाउँदै गौहत्या गर्नेलाई खुकुरीले छप्काइदेउ भन्ने उत्तेजक अभिव्यक्ति दिएका धर्मगुरु सोही आरोपमा सुनसरी प्रहरीले पक्राउ गरेको थियो ।
जनकपुरधाममै हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको भन्दै कारबाहीको लागि बुधबार साँझ जनकपुर ल्याइएको उनलाई अहिले साझ रिहा गरिएको हो। यसअघि २०७४ चैत २५ मा आफ्नै पाखुरामा गोली हान्न लगाएको आरोपमा समेत उनी पक्राउ परेका थिए ।

















