News Portal

सामाजिक सदभाव खलल पुऱ्याउने गरी अभिव्यक्ति दिने धर्म गुरु श्रीनिवास पक्राउ

हिमालीसंचार संवाददाता
२८१ पटक

रविन्द्र बराल/मोरङ – सनातन हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई साम्प्रदायिक घृणा फैलाउने र धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सुनसरीको बराहक्षेत्रस्थित उनको आश्रमबाट प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो ।

सुनसरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले धर्मगुरु श्रीनिवाससँग केही कुरा बुझ्नुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएर थप अनुसन्धान गरिएको बताए । 

धर्म गुरु श्रीनिवासले जनकपुरमा धार्मिक तथा साम्प्रदायिक घृणाका साथै हिंसा फैलाउने अभिव्यक्ति दिएको सम्बन्धमा सोधपुछका लागि सुनसरी जिल्ला प्रहरीको सहयोगमा सीआईबीले नियन्त्रणमा लिएको हो । 

धर्म गुरु श्रीनिवासले जनकपुरमा विवादस्पद अभिव्यक्ति दिएकाले उनलाई थप अनुसन्धानका लागि जनकपुर नै पठाउने तयारी गरिएको प्रहरी स्रोतले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धर्मगुरु श्रीनिवासले साम्प्रदायिक तथा धार्मिक हिंसा भड्काउने अभिव्यक्ति दिएका कारण नियन्त्रणमा लिएको पुष्टि गरिन्। उनी भन्छिन् ‘अब सीआईबीले प्रक्रिया मिलाएर अनुसन्धान गर्ने छ।’ 

धर्म गुरु श्रीनिवासले केही दिनअघि जनकपुरमा हातमा नांगो खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने गरी विवादस्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

उनले पटक पटक नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने अभिव्यक्ति दिँदै आएका श्रीनिवासले यसअघि पनि मोरङ प्रहरीले २०७५ वैशाख २४ मा पक्राउ गरेको थियो । त्यस्तै, २०७४ चैतमा विराटनगरस्थित जतुवाको एक मन्दिरमा सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई आफैंमाथि गोली प्रहार गर्न लगाएर हिन्दु–मुस्लिमबीच दंगा भड्काउने षड्यन्त्र समेत गरेको आरोप लागेको थियो । 

मोरङका तत्कालीन प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन, २०१९ को दफा २४ (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश यमेत गरेको थियो । पछि अदालतमा पुनरावेदन गरेका उनलाई जिल्ला अदालतले धरौटीमा रिहा गरिदिएको थियो। 

सुनसरी झुम्का कारागार स्थित २० दिनसम्म हिरासतमा उनी बसेका थिए। धरानमा चलेको जातीय तथा धार्मिक विवादलाई भड्काउन सम्त धर्म गुरु श्रीनिवासले पटक पटक प्रयास गरेको प्रहरीले आरोप समेत लगाएको छ । धर्मिक सदभावमा खलल पुऱ्याने काम गरिरहेको प्रहरीको आरोप छ। 

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...