दुई किलो ७०० ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट महिला पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा फिलिपिनी नागरिक रहेको प्रहरीले जनाएको छ। शुक्रबार साँझ ७:२० बजे दुबई हुँदै काठमाडौं आएकी फिलिपिनी एक महिलालाई सुनसहित प्रहरीले पक्राउ गरेको हो
उनले सुन धुलो बनाएर प्याड र ब्रा भित्र राखेर ल्याइरहेको अवस्थामा बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसपी पदम विष्टले जानकारी दिए।

















