News Portal

अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गऱ्यो

हिमालीसंचार संवाददाता
२५८ पटक

काठमाडौं – अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको साँगाबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो।

प्रहरी कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार अभिनेता केसीले आपराधिक विश्वासघात गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेका हुन्। 

जाहेरीकर्ता चन्द्रकला कटवाल थापाले अभिनेता केसीले “रावायण” नामक फिल्म खेल्नका लागि नगद १० लाख रुपैयाँ लगेका आरोप परेको थिए। उक्त  फ्लिमको सम्झौता गर्न नमानेको भन्दै जाहेरीकर्ता थापाले उजुरी दिएकी थिइन्। उनले फिल्मका अरू कलाकारलाई पनि एडभान्स दिँदा १ करोड १५ लाख खर्च भएको उल्लेख गरेकी छिन्। 

प्रहरीका अनुसार ‘पैसा लगेर सम्झौता नगरेको र सुटिङमा पनि नआएको भन्ने उजुरी परेपछि हामीले दुबै पक्षलाई छलफलका लागि बोलाएका थियौ। ‘एसएसपी राठौरेले भने,‘पटक-पटक उनलाई बोलाउँदा पनि केसी आउनु भएन। प्रहरीले के गर्न सक्छ गरोस् भन्ने जवाफ दिनु भयो।’

अभिनेता केसी छलफलमा नआएपछि अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरी हिरासतमा राखिएको एसएसपी राठौरले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...