News Portal

गोरु काटेर सामुहिक भोज खाएको आरोपमा चार जना पक्राउ

हिमालीसंचार संवाददाता
३९४ पटक

खोटाङ – खोटाङमा गोरु काटेर सामुहिक भोज खान/खुवाउनमा संलग्न भएको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

सार्वजनिक स्थलमा गोरु काटेर खान र खुवाउन संलग्न भएको भन्दै प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका अन्दाजी ४५ वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय टिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङलाई पक्राउ गरेको हो ।

जालपाको मसानेडाँडामा चौंरमा गोरु काटेर स्थानीयलाई भेला गरेर भोज खाए/खुवाएको अभियोगमा चार जनालाई मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक टिकाराज बरालले बताए ।

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी (एमएनओ)का कार्यकर्ताले ‘मुलबासी मंगोल साँस्कृतिक क्रान्ती अभियान’लाई निरन्तरता दिने भन्दै असोज ८ गते गोरु काटेर भोज खुवाएका थिए ।

गोरु काट्नमा सहयोग गर्ने, गोरु काटेको, भोज खाँदै गरेको भिडियो शेयर गर्ने लगायतका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमध्ये तेजबहादुर टोल विकास संस्थाको अध्यक्ष हुन् । गोरु काटेर खान बोलाएपछि स्थानीय मसानेडाँडा पुगेको जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए ।

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका टंकबहादुर मगरका अनुसार फुटेर गएको बिरलाल राई र जीवन मंगोल राई पक्षको मङ्गोल नेसनल अर्गनाइजेसन–डिजिजि समुहले गोरु काट्ने अगुवाई गरेका हुन् ।

गोरु काट्नमा अगुवाई गर्ने पक्षलाई छाडेर सहयोगी भूमीका निभाउने स्थानीयलाई पक्राउ गरिएको वडाध्यक्ष राईले गुनासो गरे ।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...