News Portal

धरान, झापापछि खोटाङमा गोरु काटेर सामुहिक भोजन

हिमालीसंचार संवाददाता
११४४ पटक

खोटाङ – पूर्वाञ्चलको खोटाङ जिल्लामा मंगोल नेसनल अर्गनाइजेसनका कार्यकर्ताहरुले सांस्कृतिक क्रान्ति भन्दै गोरु काटेर सामूहिक भोजन गरेका छन् । उनीहरुले सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरमा गोरु काटेर सामुहिक भोजन गकेका हुन् ।

मंगोलका कार्यकर्ताहरुले यसअघि झापा लगायत अन्य पूर्वका विभिन्न जिल्लाहरुमा पनि गोरु काटेर सामूहिक भोजन गरेका थिए । पूर्वाञ्चलका विभिन्न जिल्लामा सांस्कृतिक क्रान्तिको रुपमा गोरु काटेर सामुहिक रुपमा खाने अभियान चलाउने भनेर पहिल्यै घोषणा गरेका थिए ।

गोरु-गाई काटेर खाएको आरोपमा राज्यले मानिसहरुलाई पक्राउ गरी कारबाही गर्ने कार्य तीव्र पारेपछि सोको प्रतिरोधमा सामुहिक रुपमा जम्मा भएर गोरु काटेर खाने अभियान मंगोलका कार्यकर्ताहरुले चलाएका हुन् ।

त्यस्तै, गत महिना धरानमा सांस्कृतिक अभियान्ताहरुले गोरु काटेर सामूहिक भोजन गरेका थिए ।

फोटो सामाजिक संजालः

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...