News Portal

  • यशोदा देवी भगवान सिंह केसी ट्रष्टद्वारा स्वास्थ्य शिविर सञ्चालन

    हिमालीसंचार संवाददाता
    २५७ पटक

    कर्ण अधिकारी नुवाकोट – समाज सेवामा अग्रणी भूमिका निर्बाह गर्दै आउनु भएका अर्जुन नरसिंह केसी परीवारले पुन:एक पटक आश्विन ६ गतेका दिन यशोदा देवी भगवान सिंह केसी मेमोरीयल ट्रष्टको नाममा ओम हस्पिटल एण्ड रीसर्च सेन्टर,सूर्यमती चन्द्रमती बहुउद्देशीय सहकारी संस्था,ज्वति बिकास बैंकको सकार्यमा दुप्चेश्वर गाउपालिका वडा नं ६ समुन्द्रटार स्थित हेल्थ पोष्टमा १ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो।

    उक्त शिविरबाट १०५२ जना बिरामीहरूले उपचार गर्न पाए भने स्वास्थ्य सेवामा काम गर्दै आई रहनु भएका ९१ जना महिला स्वयम सेविकाहरूलाई दोसल्ला ओढाएर प्रमाण पत्र सहित सम्मान गरीएको थियो । उक्त ट्रष्ट संरक्षक रहनु भएका माननीय अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यमा संचालन भएको शिविर राजनिति भन्दा बाहिर रहेर निस्वार्थ भावनाले जनताको सेवाको लागि गरीएको थियो भन्नु हुन्छ केसी ।उक्त सिविरमा ट्रष्टका अध्यक्ष डा. केदार नरसिंह केसी सहित केसी परिवारका दाजूभाईहरुको सहभागिता रहेको थियो।

    त्यसै गरी ट्रष्टका सचिव जगदिश्वर नरसिंह केसीले पनि नुवाकोटका जनताको सुख दुखमा सदैव साथ दिने कुरा ब्यक्त गर्नु भएको छ । नुवाकोटको जनतालाई सदैब आफ्नै परीवार सम्झने केसी परीवारको यस्तो कार्यलाई स्थानीय जनताले सधै भरी मन मुटुमा राखि रहने छन् । उक्त सिविरमा दक्ष तथा अनुभबी डाक्टरहरू द्वारा प्रसुति राेग, जनरल मेडिसिन, हाड जोर्नी, बाल राेग, छाला राेग, दाँत, नाक कान घाँटी, आँखा, छात्ति तथा ईसिजी, अल्ट्रा साउण्ड ,भिआई ए , सुगर स्क्रिनिङ,एक्सरे र नि:शुल्क ओैषधि बितरण गरीएको थियो ।

    यसअघि नुवाकोट जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रहरुलाई स्वास्थ्य सामाग्री समेत उक्त ट्रष्टले वितरण गरिएको थियो । उक्त ट्रष्टले महाभुकम्प देखि कोरोना ममहामारीका बेला पनि गाउँ गाउँमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...

    एमाले प्रतिनिधि छनोट विवाद: च्यासलमा कार्यकर्ताबीच झडप

    काठमाडौं, मंसिर १९ – काठमाडौंको च्यासलमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटलाई लिएर असन्तुष्टि...

    वरपिपल रिसोर्ट आगजनी प्रकरण: एक जना थुनामा, ६ जना धरौटीमा रिहा

    कास्की, मंसिर १९ – पोखरामा वरपिपल रिसोर्टमा आगजनी र तोडफोड भएको प्रकरणमा अदालतले एक जनालाई...

    हर्क साम्पाङको आरोप: ‘मलाई रोक्न कुलमानलाई अघि सारिएको छ’

    काठमाडौं, मंसिर १९ – धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री...