News Portal

यशोदा देवी भगवान सिंह केसी ट्रष्टद्वारा स्वास्थ्य शिविर सञ्चालन

हिमालीसंचार संवाददाता
३२८ पटक

कर्ण अधिकारी नुवाकोट – समाज सेवामा अग्रणी भूमिका निर्बाह गर्दै आउनु भएका अर्जुन नरसिंह केसी परीवारले पुन:एक पटक आश्विन ६ गतेका दिन यशोदा देवी भगवान सिंह केसी मेमोरीयल ट्रष्टको नाममा ओम हस्पिटल एण्ड रीसर्च सेन्टर,सूर्यमती चन्द्रमती बहुउद्देशीय सहकारी संस्था,ज्वति बिकास बैंकको सकार्यमा दुप्चेश्वर गाउपालिका वडा नं ६ समुन्द्रटार स्थित हेल्थ पोष्टमा १ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो।

उक्त शिविरबाट १०५२ जना बिरामीहरूले उपचार गर्न पाए भने स्वास्थ्य सेवामा काम गर्दै आई रहनु भएका ९१ जना महिला स्वयम सेविकाहरूलाई दोसल्ला ओढाएर प्रमाण पत्र सहित सम्मान गरीएको थियो । उक्त ट्रष्ट संरक्षक रहनु भएका माननीय अर्जुन नरसिंह केसीको प्रमुख आतिथ्यमा संचालन भएको शिविर राजनिति भन्दा बाहिर रहेर निस्वार्थ भावनाले जनताको सेवाको लागि गरीएको थियो भन्नु हुन्छ केसी ।उक्त सिविरमा ट्रष्टका अध्यक्ष डा. केदार नरसिंह केसी सहित केसी परिवारका दाजूभाईहरुको सहभागिता रहेको थियो।

त्यसै गरी ट्रष्टका सचिव जगदिश्वर नरसिंह केसीले पनि नुवाकोटका जनताको सुख दुखमा सदैव साथ दिने कुरा ब्यक्त गर्नु भएको छ । नुवाकोटको जनतालाई सदैब आफ्नै परीवार सम्झने केसी परीवारको यस्तो कार्यलाई स्थानीय जनताले सधै भरी मन मुटुमा राखि रहने छन् । उक्त सिविरमा दक्ष तथा अनुभबी डाक्टरहरू द्वारा प्रसुति राेग, जनरल मेडिसिन, हाड जोर्नी, बाल राेग, छाला राेग, दाँत, नाक कान घाँटी, आँखा, छात्ति तथा ईसिजी, अल्ट्रा साउण्ड ,भिआई ए , सुगर स्क्रिनिङ,एक्सरे र नि:शुल्क ओैषधि बितरण गरीएको थियो ।

यसअघि नुवाकोट जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रहरुलाई स्वास्थ्य सामाग्री समेत उक्त ट्रष्टले वितरण गरिएको थियो । उक्त ट्रष्टले महाभुकम्प देखि कोरोना ममहामारीका बेला पनि गाउँ गाउँमा पुगेर स्वास्थ्य सामाग्री वितरण गरेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...