News Portal

शिक्षक आन्दोलनप्रति राजनीतिक दलको समर्थन बढ्यो, अब के गर्ला सरकार ?

हिमालीसंचार संवाददाता
२११ पटक

काठमाडौं – मन्त्रिपरिषदबाट पास भएर संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको चर्को विरोध गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु बुधबारबाट काठमाडौँ केन्द्रित सडक आन्दोलनमा उत्रिएका छन् । 

नेपाल सरकार मन्त्रिपरिषद्ले पास गरेको उक्त विधेयक नसच्चिएसम्म शिक्षकहरु आन्दोलनबाट पछि नहट्ने अडानसहित देशभरका शिक्षकहरु काठमाडौं सडकमा उत्रेका हुन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलित शिक्षकहरु विधेयकका केही प्रावधानले नेपालको शैक्षिक स्थितिलाई थप डामाडोल बनाउने दाबी गर्दै आन्दोलित भएका हुन्। आन्दोलनका लागि मुलुकभरका ७७ वटा जिल्लाबाट शिक्षकहरु काठमाडौँमा भेला भएका हुन्। उनीहरु राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी माग पुरा हुने वातावरण नबनेसम्म आफ्नो कर्मस्थल नफर्कने अडानका साथमा काठमाडौमा ओर्लिएका हुन् । 

यसअघि महासंघले विधेयकको विरोधमा विभिन्न १८ बुँदे असहमति पत्र नै सार्वजनिक गरेको थियो । सोही असहमति अनुसार नेपालको शिक्षा प्रणाली आफैमा विकृत रहेको र नयाँ विधेयकले झनै विकृत बनाउने निष्कर्ष सहित विधेयक संशोधन वा पुर्नलेखन गर्नुपर्ने मागलाई अघि सार्दै काठमाडौं केन्द्रित आन्दोलित भएका छन्।

प्रतिकृया दिनुहोस्

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...

निर्वाचनको निष्पक्षताबारे ओलीको चिन्ता, प्रधानमन्त्रीसँग सुरक्षा तयारीबारे छलफल

काठमाडौँ, माघ २२ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने...

आज २०८२ साल माघ २२ गतेको राशिफल

आज माघ २२, २०८२ ( फेब्रुअरी ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...