News Portal

पत्रकारमाथिको दुर्व्यवहारप्रति प्रेस युनियनको आपत्ति !

हिमाली संचार संवाददाता
५५० पटक

काठमाडौं : नेपाल प्रेस युनियनले यातायात व्यवस्था विभागका निर्देशक चन्द्र साहले पत्रकारलाई गरेको दुव्र्यवहारप्रति खेद व्यक्त गरेको छ ।

युनियनका महासचिव अजय सिवाकोटीले एक विज्ञप्ति जारी गर्दै समाचार संकलनका क्रममा यातायात व्यवस्था विभाग पुगेका सगरमाथा टेलिभिजनका संवाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई निर्देशक साहले दुव्र्यवहार गर्दै धम्क्याएको उल्लेख छ ।

‘भदौ १ बाट लागू भएको मुलुकी संहिताको हवाला दिएर सार्वजनिक सेवामा रहेका साहले सञ्चारकर्मी श्रेष्ठ र हाकुजुलाई धम्क्याएको कार्यको नेपाल प्रेस युनियन कडा शब्दमा विरोध गर्दछ’युनियनको विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति :

मितिः २०७५ कार्तिक ११

प्रेस विज्ञप्ति

समाचार संकलनका क्रममा यातायात व्यवस्था विभागमा पुगेका सगरमाथा टेलिभिजनका  संवाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई विभागका निर्देशक चन्द्र साहले दुर्व्यवहार गर्दै धम्क्याएकोप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। भदौ १ बाट लागू भएको मुलुकी संहिताको हवाला दिएर सार्वजनिक सेवामा रहेका साहले सञ्चारकर्मी श्रेष्ठ र हाकुजुलाई धम्क्याएको कार्यको नेपाल प्रेस युनियन कडा शब्दमा विरोध गर्दछ। सार्वजनिक सेवाको क्षेत्र र त्यहाँबाट दिइने सेवाको विषयलाई समाचार बनाउन पनि पूर्व अनुमति लिनुपर्ने भन्दै धम्क्याइनु निन्दनीय छ। सार्वजनिक सेवाको क्षेत्र आम नागरिक र सेवाग्राहीको पहुँचमा हुनुपर्नेमा यातायात व्यवस्था विभागका उच्च अधिकारीको तहबाटै गरिएको हर्कत सार्वजनिक सेवाको क्षेत्रलाई आम नागरिकको पहुँचबाट टाढै राख्न खोजिएको वा नियन्त्रण गर्न खोजिएको रुपमा युनियनले लिएको छ। जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यलय गोप्य सयन कक्ष हैन भन्ने कुरा  निर्देशक साहले बुझेर पनि बुझ पचाएको देखिएको छ। व्यक्तिगत प्रयोगजनमा नभइ सार्वजनिक गर्ने उदेश्यले खिचिएका तस्विर तथा दृश्यमा मुलुकी संहिताको देवानी र फौजदारी कानुनलाई दुरुपयोग गर्ने आसयलाई गलत व्याख्या गरेर सञ्चारकर्मीलाई हतोत्साहि बनाउने कार्यको युनियन निन्दा गर्दछ। सञ्चारकर्मीलाई हतोत्साहित गर्ने धम्क्याउने लगायतका पदिय मर्यादा विपरितका काम गर्ने निर्देशक साहलाई आफ्नो कमजोरी स्विकार्दै क्षमायाचना गर्न युनियन आग्रह गर्दछ। अन्यथा युनियन निर्देशक साहको कार्यको भण्डाफोर गर्दै सार्वजनिक रुपमा प्रतिवादमा उत्रने चेतावनी दिन चाहन्छ। धन्यवाद। जय नेपाल।
अजयबाबु शिवाकोटी
महासचिव

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...