News Portal

मोरङको रंगेली मिनिल्याण्ड बोर्डिङ स्कुलले शिक्षिकाहरुलाई दर खुवाएर तीज मनाए

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
२७१ पटक

भदौ ३१ आईतवार/मोरङ – मोरङको रंगेली नगरपालिका ७ मा रहेको मिलिल्याण्ड बोर्डिङ स्कुलले बिधालयमा अध्यापन गराउने शिक्षीकाहरुलाई दर भोजनसंगैं तीज मनाएका छन ।

शिक्षिकाहरुलाई प्रत्येक बर्ष हरितालीका तीज पर्वको उपलक्ष्यमा बिधालय प्रसाशनले तीज पर्वको  उपल्क्षयमा  मिठा-मिठा परिकारहरु बनाएर खुवाएका थिए ।  

शिक्षीकाहरुलाई तीजको शुभकामना आदनप्रदान  गर्दे तिता-मिठा कुराहरुलाई बेवास्ता गर्दे बिधालयले दर खुवाएर तीज मनाएका हुन्। हरेक बर्ष शिक्षिकाहरुलाई मनोरञ्जन होस् भनेर शुरुदेखि आफ्नै  बिधालयमा अध्यापन गरादै आएको र बिधालय छाडेर अन्यत्र शिक्षण पेशा गर्दे आएको पूर्वशिक्षिकाहरुलाई समेत निमत्रणा दिएर जीतको अबसरमा दर खुवाउदै आएको बिधालयका प्रिन्सिपल बिकर्ण कार्कीले बताए ।  

बिगत १२ बर्षदेखि सोही बिधालयमा अध्यापन गराउदै   आउनु भएको शिक्षिका अम्बिका पोखरेलका अनुसार बिधालयले बर्षौदेखि तीजको अवसर पारेर सम्पुर्ण शिक्षिका, स्टापहरुलाई एउटै स्थानमा राखेर मनोरञ्जन गराउदै आएको खण्डमा धन्यवाद समेत दिएका छन्। 

यसरी बिधालयले सबै पर्वहरुलाई उत्तिकै प्रात्साहन  समेत दिदै आईरहेको र  महिलाहरुको बिधालयमा अध्यापन गराउन हौसला प्रदान गर्नुका साथै आगामी  दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई अझै भव्यताका साथ अगाडि बढाउने अपेक्षा राखेको उनले बताईन । कार्यक्रममा शिक्षीकाहरुले विभिन्न गीतमा नृत्य गरेर मनोरञ्जन गरेका थिए। 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...