News Portal

  • सुम्निमा-पारुहाङ प्रालिद्वारा कलाकार तथा पत्रकारहरुलाई सम्मान (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३६९ पटक

    काठमाडौं – नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति गायक संगीतकार शम्भु राईसहित ९० जना कलाकार तथा पत्रकारहरुलाई सुम्निमा-पारुहाङ म्युजिक प्रा. लि. द्वारा सम्मान गरिएको छ।

    हिजो शनिबार काठमाडौं स्थित किराया केन्द्रिय कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा सुम्निमा-पारुहाङ म्यूजिक प्रालिले कलाकार र पत्रकारलाई सम्मान गरेको हो ।

    म्यूजिक प्रालिका अध्यक्ष मंगल राई “साइला”को अध्यक्षतामा सम्पन्न कार्यक्रममा साकेला गीत ‘विनायो मुर्चुङ्गा’का कलाकार, अन्य कलाकारहरु तथा विभिन्न सञ्चार माध्यमका पत्रकारहरुलाई सम्मान गरिएको हो । सम्मानित कलाकारलाई नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति गायक संगीतकार शम्भु राई र सुम्निमा-पारुहाङ म्यूजिक प्रालिका अध्यक्ष मंगल राईले सम्मान-पत्र संयुक्त रुपमा वितरण गरेका थिए ।

    आयोजित सम्मान कार्यक्रममा बोल्दै नाट्य प्रतिष्ठानका उपकुलपति राईले संस्कृति विनाको समाज कल्पना समेत गर्न नसकिने बताए । राईले संस्कृतिलाई जीवित राख्न नसके नेपाली भन्नुको कुनै अर्थ नहुने समेत बताए । 

    राईले भने, ‘तपाईहरु आयातित गीतसंगीतमा रमाउन थाल्नुभयो भने हाम्रो मौलिक पहिचान हराउनेछ । त्यो दिन कसैले तिम्रो देशको संस्कृति पहिचान कस्तो हो भनेर सोध्दा हलिउड, बलिउडको उदाहरण दिनुपर्छ । त्यस्तो कुरालाई निस्तेज गर्दै लैजानुपर्छ ।’ उनको भनाई थियो। 

    त्यस्तै, सुम्निमा-पारुहाङ म्यूजिक प्रालिका अध्यक्ष तथा गीतकार मंगल राईले प्रालिले संगीतलाई मात्रै प्राथमिकता दिने उद्देश्य नरहेको र आगामी दिनमा सामाजिक गतिविधिहरुमा प्रालिद्वारा आर्थिक सहयोग गर्दै लैजाने समेत उद्धोष गरे। उनले थप भने ‘म विदेशमा रहेपनि नेपाली गीतसंगीतको चिन्ता सधैँ लाग्छ। आगाममी दिनहरुमा यहि प्रालिद्वारा दिन दुखीहरुलाई  सकेको आर्थिक सहयोग गर्ने समेत बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...

    आज २०८२ साल असोज १५ गतेको राशिफल

    आज असोज १५, २०८२ (अक्टोबर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...