News Portal

सुम्निमा-पारुहाङ प्रालिद्वारा कलाकार तथा पत्रकारहरुलाई सम्मान (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४४१ पटक

काठमाडौं – नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति गायक संगीतकार शम्भु राईसहित ९० जना कलाकार तथा पत्रकारहरुलाई सुम्निमा-पारुहाङ म्युजिक प्रा. लि. द्वारा सम्मान गरिएको छ।

हिजो शनिबार काठमाडौं स्थित किराया केन्द्रिय कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा सुम्निमा-पारुहाङ म्यूजिक प्रालिले कलाकार र पत्रकारलाई सम्मान गरेको हो ।

म्यूजिक प्रालिका अध्यक्ष मंगल राई “साइला”को अध्यक्षतामा सम्पन्न कार्यक्रममा साकेला गीत ‘विनायो मुर्चुङ्गा’का कलाकार, अन्य कलाकारहरु तथा विभिन्न सञ्चार माध्यमका पत्रकारहरुलाई सम्मान गरिएको हो । सम्मानित कलाकारलाई नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति गायक संगीतकार शम्भु राई र सुम्निमा-पारुहाङ म्यूजिक प्रालिका अध्यक्ष मंगल राईले सम्मान-पत्र संयुक्त रुपमा वितरण गरेका थिए ।

आयोजित सम्मान कार्यक्रममा बोल्दै नाट्य प्रतिष्ठानका उपकुलपति राईले संस्कृति विनाको समाज कल्पना समेत गर्न नसकिने बताए । राईले संस्कृतिलाई जीवित राख्न नसके नेपाली भन्नुको कुनै अर्थ नहुने समेत बताए । 

राईले भने, ‘तपाईहरु आयातित गीतसंगीतमा रमाउन थाल्नुभयो भने हाम्रो मौलिक पहिचान हराउनेछ । त्यो दिन कसैले तिम्रो देशको संस्कृति पहिचान कस्तो हो भनेर सोध्दा हलिउड, बलिउडको उदाहरण दिनुपर्छ । त्यस्तो कुरालाई निस्तेज गर्दै लैजानुपर्छ ।’ उनको भनाई थियो। 

त्यस्तै, सुम्निमा-पारुहाङ म्यूजिक प्रालिका अध्यक्ष तथा गीतकार मंगल राईले प्रालिले संगीतलाई मात्रै प्राथमिकता दिने उद्देश्य नरहेको र आगामी दिनमा सामाजिक गतिविधिहरुमा प्रालिद्वारा आर्थिक सहयोग गर्दै लैजाने समेत उद्धोष गरे। उनले थप भने ‘म विदेशमा रहेपनि नेपाली गीतसंगीतको चिन्ता सधैँ लाग्छ। आगाममी दिनहरुमा यहि प्रालिद्वारा दिन दुखीहरुलाई  सकेको आर्थिक सहयोग गर्ने समेत बताए। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...