News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • जम्मु-काश्मिरमा सुरक्षा बल र आतङ्ककारीबीच भिडन्त जारी

    हिमालीसंचार संवाददाता
    १८० पटक

    काश्मिर। जम्मू काश्मीरको अनन्तनागमा चौथो दिन पनि सुरक्षा बल र आतङ्ककारीबीच भिडन्त जारी छ। भारतीय सेना, पुलिस, सीआरपीएफ र अन्य सुरक्षा एजेन्सीहरू पूर्ण सतर्कताका साथ मैदानमा उभिएका छन्।

    घना जंगल र पहाडको बिचमा आतङ्ककारीहरू लुके पछि खोजी गर्न ड्रोन र हेलिकप्टरको समेत सहयोग लिइएको छ। दुवै पक्षबाट गोली हानाहान भइरहेको छ।

    आतङ्कवादीहरू पहाडको टुप्पोमा रहेको गुफामा लुकेर बसेको बताइएको छ। यद्यपि, कोकरनागको गडुलको जङ्गल क्षेत्रमा सुरक्षा बलको खोजी अभियान जारी छ।

    आतङ्ककारीको घेरालाई बलियो बनाउन सेनाले पहाडलाई घेरा हालेको छ। क्वाडकोप्टर, ड्रोन र अन्य आधुनिक उपकरणहरूद्वारा आतङ्ककारीहरूको निगरानी भइरहेको छ।

    पारा कमाण्डोले पनि अपरेशनको जिम्मा लिएका छन्। घना जङ्गल र पहाडी भूभागका कारण यो विशेष टोली तैनाथ गरिएको हो। यसबाहेक पहाडमा आतङ्ककारी लुकेको ठाउँमा रकेट प्रहार गरिएको छ।

    उल्लेखनीय छ कि कोकेरनागको गदुल जंगलमा आतंकवादीहरूको आन्दोलनको सूचना पछि सेना, जम्मू कश्मीर पुलिस र सीआरपीएफको राष्ट्रिय राइफलको संयुक्त दलले बुधबार बिहानै खोजी अभियान सुरु गरेको थियो।

    घेराबन्दीका क्रममा जङ्गल क्षेत्रमा लुकेर बसेका आतङ्ककारीहरूले संयुक्त टोलीमाथि भारी गोलीबारी गरेका थिए।

    मुठभेडका क्रममा सेनाका १९ आरआर कमाण्डिङ अफिसर कर्नेल मनप्रीत, मेजर आशिष धौनचक र जम्मु कश्मीर प्रहरीका डीएसपी अपरेशन हुमायुन भाट मारिएका थिए।

    प्रतिकृया दिनुहोस्

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...

    फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५...

    आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११...

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...