News Portal

सर्बेन्द्र खनालकै निर्देशन अनुसार सबै काम गरेको हुँ : दिल्लीराज विष्ट

हिमाली संचार संवाददाता
८६५ पटक

काठमाडाैँ : कञ्चनपुर भिमदत्तनगरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा लापरबाही गरेको ठहर गर्दै बिहिबार गृह मन्त्रालयले बर्खास्त गरेका एसपी दिल्लीराज विष्टले आफूले अाइजी सर्वेन्द्र खनालको निर्देशन अनुसारनै सबै काम गरेको बताएको छन ।

उनले नेपालखबरसँग कुरा गर्दै सबै कुराको जानकारी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, उनको सचिवालयका सदस्यद्वय एसएसपी शैलेस थापा क्षेत्री र एसपी दानबहादुर कार्कीलाई गराएर निर्मला पन्तको घटना अनुसन्धानमा अघि बढेको दाबी गरेका छन ।

‘निर्मलाको शब दाहसंस्कार गर्दा मैले चिफ सरसँग कुरा गरेको थिएँ, उहाँले दिएको निर्देशनअनुसार नै काम गरेको हुँ’, विष्टले भने, ‘मलाई कञ्चनपुरबाट अन्त सरुवा गर्ने विषयमा समेत त्यही दिन बिहान चिफ सरसँग कुरा भएको थियो।’

माथिल्लो तहमा रिपोर्टिङ गर्ने कोही नभएकाले आफूले आवश्यकताअनुसार प्रहरी महानिरीक्षक र सचिवालयका सदस्यहरुलाई जानकारी गराएको विष्टले बताएका छ। ‘चेन अफ कमाण्डको समेत कमी रह्यो, बारम्बार चिफ सरलाई फोन गर्न अप्ठेरो थियो’, विष्टले भने, ‘तर फोन गरेपछि उहाँले केही निर्देशन दिनुहुन्थ्यो। सचिवालयका सरहरुसँग कुराकानी भइरहेकै थियो।’

सरकारी सेवामा योग्य हुने र प्रहरीबाट अवकाशपछि पाउने सबै सेवा सुविधा प्राप्त हुनेगरी बर्खास्त गरिएका एसपी विष्टले अध्ययन र छलफलपछि अगामी कदम उठाउने बताए। ‘सबै कुराको अध्ययनपछि आवश्यक पहल थाल्नेछु’, विष्टले भने, ‘अहिले हल्ला गरेर केही हुँदैन, समय आएपछि केही विषय सार्वजनिक गर्नेछु।’

यो पनि पढ्नुहोस।
निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्स्पेक्टर भट्टको जागिर चट !

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...