कर्णबहादुर अधिकारी/काठमाण्डौं – नुवाकोटमा बिगतदेखि नै यातायत क्षेत्रमा एक क्षत्र राज गर्दै आई रहेको शिवपुरी यातायातले नुवाकोटवासी जनताको सुबिधालाई मध्यनजर गर्दैं ईलेक्ट्रिक गाडी संचालनमा ल्याएको छ।
काठमाण्डौं शामाखुशीदेखि शुरु भएर टोखा छहरे, ढिकुरे, गंगटे, बट्टार, बिदुर हुँदै त्रिशूलीसम्मको रूट तय गरीएको छ। बिगतमा शिवपुरी यातायातले दुप्चेश्वर घ्याङफेदीसम्मको रूटमा २३ वटा सुमो राखेर संचालनमा ल्याई रहेको प्रालिले नयाँ ईलेक्ट्रिक गाडी राखेर नयाँ आयम थपेको छ।
शिवपुरी यातायातले मुक्तिनाथ, हलेसी, पाथीभरा, मनकामना, दक्षिणकाली, प्यूठान स्वर्गद्वारी, दोलखा भिमसेन, कालिन्चोक, लुम्बिनी लगायतका स्थलहरू, पर्यटकीय क्षेत्र साथै नुवाकोट जिल्लाको सुगमदेखि दुर्गम ग्रामीण भेगहरूमा ठूला बसहरू जान नसकेको स्थानहरूमा सेवा दिनको लागि शिवपुरी यातायात प्रालिले सेवा दिई रहेको छ।
ग्रामीण भेगमा बिरामी भएका दाजुभाई तथा दिदीबहिनीहरूलाई समयमा नै अस्पताल पुराउनको लागि समेत शिवपुरी यातायातले विशेष सेवा दिदै आई रहेको छ। गाडी रीजर्भको लागि सम्पर्क गर्नु परेमा 9851163026, 9851235713, 9841314000, 9742446157 नम्बरहरूमा सम्पर्क गर्न सक्ने प्रालिले हिमालीसंचारडटकमलाई जानकारी दिएको छ।