News Portal

नेपाल-भारतको खेल शुरुः बर्षाको कारणले रोकिएको खेल शुरु

हिमालीसंचार संवाददाता
३१५ पटक

एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल फेरि सुरू भएको छ। श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाको कारणले खेल रोकिएको थियो।

भारतले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ३७.५ ओभर ६ विकेटको क्षतिमा १७८ रन बनाउँदा खेल अवरूद्ध भएको थियो। वर्षाको कारणले रोकिएको खेल अवरूद्ध हुनुअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २७ रन र सोमपाल कामी ११ रन बनाएर खेलिरहेका थिए। 

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए। उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भएका थिए । उनी एसिया कपमा तथा भारतविरूद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् ।

अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए। शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए। आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। 

भुर्तेलविरूद्ध पहिलो ओ‌भरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए। भुर्तेल आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो।

कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा आउट भए। कुशल मल्ल चौथो विकेटको रुपमा २ रनमै आउट भए। भीम सार्की पनि ७ रनमा भारतका जडेजाको बलमा १६ ओ‌भरमा बोल्ड भए। छैटौं विकेटको रुपमा गुल्सन झा ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएर आउट भए।

बलिङमा भारतका जडेजाले ३ विकेट लिएका छन् भने मोहमद सिराजले २ विकेट हात पारेका छन्। खेलमा जित हात पार्ने टिम नै सुपर फोरमा पुग्नेछ। वर्षाले खेल अबरुद्ध भए नेपाल आउट हुँदा भारत सुपर फोरमा पुग्ने छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...