News Portal

दुप्चेश्वर दर्शनार्थीको सेवामा शिवपुरी यातायात

कर्ण अधिकारी
६३१ पटक

काठमाण्डौं। धार्मिक आस्थाको धरोहर दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ राउतबेसीस्थित तादी नदी परिसरमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। विशेष गरी निःसन्तान दम्पतिको इच्छा पूरा गरी दिने भएकोले प्राय जसो निसन्तान दम्पतिहरू नै भाकल पुरा गर्नका लागि मन्दिर पुग्ने गरेका छन्।

दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ति हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढा टाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन्।

पौराणिक कथन अनुसार चार सय वर्ष अघि स्थानीय एक तामाङको दुहुनो गाई हराए पछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ।

त्यसैगरी, समुन्द्र मन्थन पश्चात निस्किएको कालकुट बिषलाई भगवान शिवले सेवन गरे पश्चात तड्पिएर गोसाईकुण्ड जाने वेलामा यसै स्थानमा बास समेत बसेको जनश्रुति छ। दुप्चेश्वर महादेवको दर्शन गर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन्।

धार्मिक पर्यटनको गन्तव्यको रुपमा निकै नै सम्भावना बोकेको यस मन्दिरको संरक्षणको लागि स्थानीयहरू पनि एकजुट भई लागि परी रहेका छन। ८ सय मिटर अग्लो पाहाडी चट्टानमा अबस्थित महादेवको मन्दिर दर्शन गर्न केहि अप्ठ्यारो भए पनि भक्तजनहरू स्वस्फूर्त रूपमा उकालो चढेर दर्शन गरी रहेका छन्। दुप्चेश्वर दर्शन गर्न जाने दर्शनार्थीहरूको लागि सहज होस भनेर यातायातको सेवामा खटिएको शिवपुरी यातायात प्रालिले २३ वटा सुमो त्यस क्षेत्रमा हालेर सेवा दिदै आई रहेको छ।

काठमाण्डौ सामाखुशीदेखि लगभग २ घण्टा ३० मिनेटको अबधिमा सुमो मार्फत दुप्चेश्वर दर्शन गर्न सकिने कुरा ब्यक्त गर्नु हुन्छ शिवपुरी यातायातका अध्यक्ष प्रलाद थापा। सामाजिक सेवामा सक्रिय थापाले नै म्यानेज गरी रहनु भएको छ शिवपुरी यातायात प्रालि।

भक्तजनहरूको लागि भरपर्दो सवारी साधन बनेको छ शिवपुरी यातायातमा आबद्ध भएका सुमोहरू। तसर्थ कुनै पनि समयमा दुप्चेश्वर माहादेवको दर्शन गर्न जानु परेमा शिवपुरी यातायात प्रालिलाई सम्पर्क गर्न सक्नु हुने छ। बिशेषत रीजर्भको लागि ९८५११६३०२६, ९८५१२३५७१३, ९८४१३१४०००, ९७४२४४६१५७ नम्बरहरूमा सम्पर्क गर्न सक्नु हुने छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...