आज : २०२६-०७-०२, बिहीबार

मोरङको रंगेलीमा गृह श्रमिक सृजनशिल महिला समाज नेपालद्वारा वित्पन्न वर्गलाई राहत वितरण

भदौ १० आईतबार/मोरङ  – गृह श्रमिक सृजनशिल महिला समाज नेपालद्वारा रंगेली वडा नम्बर ६ ले स्थानीय वित्पन्न वर्गलाई आकस्मीक राहत सहयोग वितरण गरेको छ ।

रंगेली नगरपालिका वडा नम्बर ५ र ६ का अतिविपन्न गरिव तथा प्रसुति महिलाहरुलाई संस्थाले मधुवनी प्राथमिक बिधालयमा  एक कार्यक्रमको आयोजना गर्दे खाध्यन सामग्री वितरण गरेका थिए । 

गृह श्रमिक सृजनशिल महिला समाज नेपालले र टेवा नेपालको आर्थिक सहयोगमा ४५ जना गरिव परिवारका सुत्केरी, विपन्न, वर्ग अपाङ्गता तथा एकल परिवारि र  वाढी पिडीत परिवारलाई राहत सहयोग गरेका हुन।

उनीहरुले दाल, चामल, भुजा, तेल, लगायतका सामाग्रीहरु वितरण गरेका हुन । कार्यक्रममा संस्थाका अध्यक्ष  शान्ता  श्रेष्ठ, उपाध्यक्ष कमला न्यौपाने, सचिव उषा राइमाझि, कोषाध्यक्ष कविता नेपाल, वडासचिव निरंजन प्रसाद दास, हामी युवा संस्थाका अध्यक्ष समेतको टीम सहितले राहत सामाग्री वितरण गरेका हुन्। उनीहरुले २५ केजी चामल, ३ केजी भुजा, तेल, चीनी, टर्च लाईट, झुल लगायत १७ वाट राहत सामग्री वितरण गरेका हुन्