News Portal

हिमालीसंचारकर्मी संजीव राईलाई चलचित्र पत्रकार संघको सहयोग

हिमालीसंचार संवाददाता
५८१ पटक

काठमाडौं। चलचित्र पत्रकार संघले काठमाडौंको नर्भिक हस्पिटलमा क्यान्सरको उपचाररत हिमालीसंचारकर्मी संजीव कुमार राईलाई आर्थिक सहयोग गरेको छ।

नर्भिक इन्टर्नेशनल हस्पिटलमा उपचाररत हिमालीसंचारकर्मी राईलाई संघले अस्पतालमै पुगेर ५७ हजार ५,५५ रुपैयाँ नगद सहयोग गरेको हो। उक्त रकम संघका अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुबेरराज गिरी, पूर्वउपाध्यक्ष विष्णु सुवेदी र कार्यसमिति सदस्य सुरेन्द्र थापाले प्रदान गरेका हुन।

संघका सदस्यहरूबाट संकलित रकममा संघको तर्फबाट केही थप गरेर सहयोग गरिएको थियो। चलचित्र पत्रकार संघ केन्द्रीय कार्यालयबाट सहयोग प्राप्त हुँदा आफू निकै हर्षित रहेको राईले बताएका छन्।

राईलाई उपचारका लागि विदेशका मकाउलगायतका देशहरूबाट पनि सहयोग प्राप्त भईरहेको बताइएको छ। यूके, कुवेत, हंगकंग, युएई, कतारसहित थप अन्य देशबाट पनि सहयोग गर्ने आश्वासन पाएको बताएका छन्।

 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...