News Portal

हेटौड़ा र बाराको सिमाना नजिकै तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

हिमालीसंचार संवाददाता/युवराज राई
२७५ पटक

शुक्रबार, भाद्र-८/हेटौंडा – मकवानपुर र बाराको सिमाना चुरीयामाई मन्दिर नजिक तीर्थ यात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १९ जना यात्रुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन। काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस बिहीबार बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो ।

बसमा सवार २६ जनामध्ये ७ जनाको मृत्यु भएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए । मृत्यु हुनेमा एक जना नेपाली र ६ जना भारतीय नागरिक रहेको उनले बताए ।

तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान गरेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बाराले जनाएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...