News Portal

  • एसिया यू–२० रग्बीमा नेपाली टिम सेमिफाइनल पुग्न असफल

    हिमालीसंचार संवाददाता
    ३२४ पटक

    काठमाडौं। नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ।

    शनिबारदेखि दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी सेभेन्सअन्तर्गत समूह चरणका तीनै खेलमा पराजयपछि नेपालको यू–२० पुरुष टोली सेमिफाइनलमा पुग्न असफल भएको हो।

    प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपाल पहिलो खेलमा भारतसँग २८–० ले, दोस्रो खेलमा मलेसियासँग ४४–० ले र अन्तिम खेलमा हङकङसँग ३६–० ले स्तब्ध भयो।

    नेपालले अब पाँचौँ स्थानका लागि आइतबार उज्बेकिस्तासँग खेल्नेछ। आइतबार हुने सेमिफाइनलमा चाइनिज ताइपेईले मलेसिया र थाइल्यान्डले हङकङसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

    महिलातर्फ पनि डबल राउन्ड रोबिन पद्धतिमा आयोजित प्रतियोगितामा नेपालको यू–२० टोलीले तीनै खेलमा हार व्यहोर्‍यो।

    पहिलो खेलमा हङकङसँग ३४–५ ले, दोस्रो खेलमा मलेसियासँग २४–० ले र तेस्रो खेलमा नेपाल थाइल्यान्डसँग ४५–० को फराकिलो अन्तरले पराजित भयो । तर, आइतबार हुने तीन खेलमा विजयी भए दोस्रो र तेस्रो हुने अवसर नेपालसँग बाँकी नै छ। महिलातर्फ लिगमा प्राप्त अंकका आधार शीर्ष तीन निर्धारण गरिनेछ।

    दुईदिने प्रतियोगितामा आइतबार नै सेमिफाइनल र फाइनलका खेल हुनेछन्। प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

    काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर...

    छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग...

    भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

    काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका...

    जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

    काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले...

    तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

    जनकपुरधाम, कात्तिक ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै आगामी...