News Portal

भन्टा खानुका यस्ता छन् फाइदा !

हिमालीसंचार संवाददाता
९९८ पटक

तपाईं तरकारीमा भन्टा कतिको खाने गर्नुहुन्छ ? थोरै खानुहुन्छ वा खान रुचाउनुहुन्न भने आजैबाट खान शुरु गनुहोस्। किनकी भन्टा मानव स्वास्थ्यका लागि निकै फाइदाजनक तरकारी हो।

भन्टामा पर्याप्त मात्रामा आइरन पाइन्छ। शरीरमा आइरन बढाउन मात्र होइन भान्टाले मानब शरिरमा मुटु रोग लगाउने खराब कोलेस्टेरोल घटाउन समेत मद्धत गर्छ। रक्तचापलाई नियन्त्रणमा राख्न समेत सहयोग पुर्याउने भन्टामा मानिसलाई चाहिने पोटासियम समेत पर्याप्त मात्रामा पाइन्छ।

अझ तपाई धुम्रपानको लतमा हुनुहुन्छ र अथक प्रयासका बाबजुत पनि लत छाड्न सक्नु भएको छैन भने भन्टाले तपाईलाई सहयोग गर्छ। भन्टामा थोरै मात्रामा निकोटिन समेत पाइने भएकाले चुरोट विस्तारै छाड्न यस्ले सहयोग गर्दछ। चुरोटका अम्मलीले नियमित भन्टा सेवन गर्ने हो भने यस्ले चुरोटको तलतललाई विस्तारै कम गर्दै लान्छ र छुटाउन मद्धत गर्छ।

भन्टामा एन्टिअक्सिड समेत पाइने भएकाले छालाको क्यान्सरबाट समेत बचाउँदछ। पर्याप्त मात्रामा क्यालोरीको स्रोत समेत रहेको भन्टामा पानीको मात्रा समेत धेरै हुन्छ। जस्को सेवनले मोटोपन समेत घटाउन सहयोग पुग्छ।

मधुमेहको रागीका लागि समेत भन्टा उपयोगी हुन्छ। फाइबरको मात्रा धेरै रहेकाले मधुमेहका बिरामीको सुगरको मात्रा मिलाउन समेत यस्ले मद्धत गर्छ। टाइप टु मधुमेह भएकाहरुलाई अझ यो बढी प्रभावकारी हुन्छ। भन्टाले कपाल झर्ने समस्यालाई समेत कम गर्न मद्धत पुग्दछ।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...