News Portal

अम्बिका भण्डारीको नयाँ तीज गीत “हो कि होइन जूनकीरी” सार्वजनिक (भिडियो सहित)

कमल सिंह
८१६ पटक

काठमाण्डौ। कवि तथा गायिका अम्बिका भण्डारीको बिल्कुलै नयाँ तीज गीत हालै मात्र सार्वजनिक भएको छ।

मोती डिजिटल स्टुडियोको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको “हो कि होइन जूनकीरी” बोलको उक्त तीज गीतमा लय, शब्द तथा स्वर गायिका भण्डारीकै रहेको छ।

झण्डै दर्जन बढी साहित्यिक संघसंस्थामा आवद्धता रहेकी भण्डारीले आधा दर्जन बढी कृतिहरू, दर्जन बढी गीतहरु कोरेकी छन् भने, एक सय भन्दा धेरै फुटकर लेख रचना पनि लेखेकी छन्। उनले ऋषिराम रानाभाट स्मृति पुरस्कार (२०७२), लोककवि अलिमिया प्रतिभा पुरस्कार (२०७६) तथा तीन दर्जन बढी अन्य पुरस्कार मार्फत सम्मान पाएकी छन्।

युवराज भण्डारीको निर्देशनमा रहेको उक्त गीतमा धर्मदत्त दाहालको अभिनय, करुणा भण्डारी, कुलमाया क्षेत्री, सविना सुवेदी, विष्णुमाया पराजुली, मिष्मा थापा मगर, रश्मी भण्डारीको नृत्यलाई शुशिल अधिकारीले भिडियो छायाँकन गरेका हुन् भने युवराज अधिकारीले सम्पादन गरेका हुन्।

यस गीतको एरेन्ज दिबस थापा मगरले गरेका हुन भने, रेकर्डिङ बासुरी स्टुडियोमा गरिएको थियो।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...