News Portal

लुम्बिनी समाज नेपाल कुवेतको वार्षिक वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

हिमालीसंचार संवाददाता
३९४ पटक

कुवेत सिटी – लुम्बिनी समाज नेपाल कुवेतले हिजो अगस्त ११ तारिख शुक्रवारको दिन आफ्नो ११औं वार्षिकोत्सब तथा मेगा म्युजिक शो २०२३´सांस्कृतिक कार्यक्रम नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथमा कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ सम्पन्न भयो । कार्यक्रम गर्ने समय ११ बजे भनेपनि २ पछि मात्रै कार्यक्रमको शुरुवात भएको थियो। अब कुवेतमा हुने हरेक कार्यक्रममा समयको महत्व के हो भनेर कार्यक्रम आयोजकले बुझ्नु पर्ने बेला भएको छ।

आयोजित कार्यक्रम संचालन नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको अध्यक्ष नबराज पन्थी र लुम्बिनी समाज नेपाल कुवेतका सुजन केसी र शंकर पौडेलले संचालन गरेको कार्यक्रममा राष्ट्रिय गानपछि सभापति प्रमुख अतिथि बिशेष अतिथि लगायतले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन र केक काटी कार्यक्रमको उद्घाटन गरिएको थियो।  सल्लाहकार राजु कार्कीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

११औं वार्षिकोत्सब तथा मेगा म्युजिक शो २०२३´सांस्कृतिक कार्यक्रममा नेत्र पेमी मगरको  सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका श्रम सहचारी हेम कुमार अधिकारी, बिशेष अथितिहरुमा एनआरएनए कुबेतका अध्यक्ष रणध्वज लामा, अल मुजैनी  एक्सचेन्ज प्रतिनिधी, जजिरा एयरलाइन्सको प्रतिनिधी, ऐमबासटर सुपरमार्केटका प्रतिनिधि तथा कुबेतमा आबद्ध विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र कुवेतबाट सञ्चालित विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई भब्य सफल पार्नको लागि कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्था ब्यक्ती बिशेषले सहयोग गरेका थिए भने हजुरहरुको रोजाइमा पर्न कुबेतदेखि नेपालसम्म विश्वासिलो र भरपर्दो अल मुजैनी एक्सचेन्ज कुवेतले मुख्ख प्रायोजन गरेको थियो। भने अतिथि कलाकार प्रमुख अतिथिलाई बाहिर गेटबाट भित्र स्टेजसम्म आयोजक परिवार र राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको टिमले तामझामका साथ स्वागत गरेका थिए। 

कार्यक्रमा उपस्थित सम्पूर्ण दर्शकहरुलाई झनै मनोरन्जन दिलाउन कुबेतका स्थानीय कलाकारहरुले धमाकेदार प्रस्तुतीले कार्यक्रम हलमा उपस्थितलाई भरपुर्ण मनोरन्जन प्रदान दिलएको थियो।

कार्यक्रमलाई भब्य र सब्य बनाउन मुख्य स्पोन्सर विशेष योगदान गरेका ब्यक्तिहरु नेपालबाट पाल्नु भएको अतिथि कलाकारलाई खादा-दोसल्ला ओढाएर मायाको चिनो प्रदान गकेर सम्मान गरिएको थियो।

आयोजित कार्यक्रम हल भरिभराउ भएको थियो। नेपालबाट आएका चर्तित गायिका एलिना चौहान र लोकप्रिय गायक खेम सेन्चुरीले कार्यक्रम हलमा उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए। कार्यक्रमको अन्तमा लुम्बिनी समाज नेपाल  कुवेतका अध्यक्ष नेत्र प्रेमि मगरले कार्यक्रम समापन गरेका थिए।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न, परम्परा जोगाउन आग्रह

मोरङको रंगेली नगरपालिका–८ स्थित दरवेशा चोकमा राजवंशी समाज विकास समितिले नयाँ वर्षको अवसरमा काद सिरुवा...

शीर्षक: नेपाली कांग्रेस भित्र विवाद चर्कियो: खड्काद्वारा ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति

काठमाडौं -नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीभित्र स्पष्ट रूपमा दुई धार देखिएको...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...