News Portal

आर्थिक अभावले उपचार हुन सकेन

रबिन्द्र बराल
२७९ पटक

श्रावण २६ शुक्रबार २०८०,मोरङ। माेरङकाे रंगेली नगरपालिका ५ आमगाछीस्थित रावन चाेक नजिकै बर्षाेदेखि बसाेवास गर्दे आईरहेका बिष्णु माेचीका १२ बर्षका छाेरा रुपेश माेचीलाई उपचार गर्ने आर्थिक अभाव कारणले गर्दा उनको उपचार हुन सकेको छैन।

बिगत ४ बर्षदेखी उनकाे मुटुमा समस्या आएपछि आमा लासाे माेचीले १२ बर्ष छाेराकाे सामान्य उपचार गराएता पनि आर्थिक अभावका कारणले गर्दे राम्रो ठाउँमा लगेर उपचार गराउन सकेकाे उनलेे बताईन।

४ घुर ओैलानी जग्गामा बसाेवास गर्दे आईरहेका ५ परिवार अहिले आफ्नो कान्छाे छाेराकाे उपचारका लागि छट्पटी रहेका छन। रुपेशका बुबा बिष्णु माेची बिगत ४ बर्ष देखि भारतकाे केरलामा राेजगारीका लागि गएका छन।

उनकाे कमाईले घरमा रहेका दुई छाेरा र दुई छाेरी सहित ५ परिवारलाई पालनपोषण गर्ने मात्रै पुग्ने र उनको श्रीमती समेत गाउँघरमा जनमजदुरी गरेर आफ्नो परिवारलाई दुख:सुख गरेर पालनपोषण गरिरहेकाे तर आफ्नो कान्छाे छाेरालाई उपचारका लागि उनले माेरङका विभिन्न अस्पतालहरुमा उपचार गराएता पनि त्यहीँबाट डाक्टरकाे सल्लाह अनुसार राम्रो अस्पताल लैजान सुझाव दिएता पनि आर्थिक अभावका कारणले गर्दा घरमै राख्न बाध्य रहेका छन।

उनको मुटुको समस्या भएको कारणले गर्दा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौ र कान्ति बालअस्पताल महाराजगञ्ज काठमाडौंमा लगेर थप उपचार गर्नुपर्ने भएका कारण उनीहरुकाे आर्थिक अवस्था नाजुक भएकोले उपचारमा सहयोग गर्ने सबैलाई अनुरोध समेत गरिरहेका छन।

मुक्तिनाथ बैंकमा लासाे देवी माेचीकाे नाममा रहेको खाता नम्बर 14122300804715000001 सहयोग गर्न समेत अपिल गरेकी छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...