News Portal

  • अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस रंगेलीमा मनायो

    हिमालीसंचार संवाददाता
    १५४ पटक

    रबिन्द्र बराल माेरङ– रंगेली नगरपालिका १ स्थित प्रगतिशील माध्यमिक बिधालय बबिया बिर्ता १ दाैलतपुरकाे प्राङ्गणमा एक कार्यक्रमकाे आयोजना गर्दे अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाएका छन । संन्सार कै आदिवासीहरु एक हाै,एक हाै , आदिवासी जनजाति जिन्दावाद भन्ने मुल नाराका साथ दिवस मनाउनाएका हुन।

    कार्यक्रम१४ जातजातिका समुदायहरुले बिभिन्न भेषभुष्मा नृत्य समेत गरेका थिए। कार्यक्रममा रंगेली नगरपालिका उप प्रमुख भुमा पराजुली , आदिवासी जनजातिका वडा नम्बर २ का अध्यक्ष रमेश खवास, नेपाल आदिवासीका प्रदेश परिषद सदस्य दिल बहादुर थेवे नगर सचिव सचिव धर्मेन्द्र मंण्डल, समितिका बद्री राजवंशी , विभिन्न वडाका अध्यक्ष , स्थानीय बुद्धिजीवी लगायतकाे समेत उपस्थिति रहेको थियोे।

    कार्यक्रम सहभागीहरुलाई बिभिन्न जातजातिकाे गितहरुमा नृत्य गरेर सहभागीहरुलाई मनाेरञ्न समेत गराएका थिए । नेपाल आदिवासी जनजाति महासँघ वडा समन्वय परिषद् रंगेली २ काे आयोजनामा उक्त कार्यक्रम गरिएको थियोे । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

    संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो । उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...

    आज २०८२ साल असोज १५ गतेको राशिफल

    आज असोज १५, २०८२ (अक्टोबर १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...