News Portal

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस रंगेलीमा मनायो

हिमालीसंचार संवाददाता
२१२ पटक

रबिन्द्र बराल माेरङ– रंगेली नगरपालिका १ स्थित प्रगतिशील माध्यमिक बिधालय बबिया बिर्ता १ दाैलतपुरकाे प्राङ्गणमा एक कार्यक्रमकाे आयोजना गर्दे अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाएका छन । संन्सार कै आदिवासीहरु एक हाै,एक हाै , आदिवासी जनजाति जिन्दावाद भन्ने मुल नाराका साथ दिवस मनाउनाएका हुन।

कार्यक्रम१४ जातजातिका समुदायहरुले बिभिन्न भेषभुष्मा नृत्य समेत गरेका थिए। कार्यक्रममा रंगेली नगरपालिका उप प्रमुख भुमा पराजुली , आदिवासी जनजातिका वडा नम्बर २ का अध्यक्ष रमेश खवास, नेपाल आदिवासीका प्रदेश परिषद सदस्य दिल बहादुर थेवे नगर सचिव सचिव धर्मेन्द्र मंण्डल, समितिका बद्री राजवंशी , विभिन्न वडाका अध्यक्ष , स्थानीय बुद्धिजीवी लगायतकाे समेत उपस्थिति रहेको थियोे।

कार्यक्रम सहभागीहरुलाई बिभिन्न जातजातिकाे गितहरुमा नृत्य गरेर सहभागीहरुलाई मनाेरञ्न समेत गराएका थिए । नेपाल आदिवासी जनजाति महासँघ वडा समन्वय परिषद् रंगेली २ काे आयोजनामा उक्त कार्यक्रम गरिएको थियोे । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।

संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो । उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको लोगोलाई बङ्गलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...