News Portal

सरकारले मलाई योग्य ठानेर लुम्बिनी विकास कोषको जिम्मेवारी दियो’ : डा. लामा

हिमालीसंचार संवाददाता
२१६ पटक

काठमाडौ – लुम्बिनी विकास कोषको उपाध्यक्षमा मनोनित भएका डा. ल्हारकाल लामाले आफुलाई योग्य ठानेर सरकारले जिम्मेवारी प्रदान गरेको बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामाले आफू बुद्धको उपदेशबाट एक इञ्च दायाँबायाँ नहिँडेको र आफ्नो जीवन दर्शन नै त्यही भएको बताएका छन् । तर लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको आफ्नो नियुक्ति पछि केही सञ्चार माध्यमले आफूमाथि गम्भीर लाञ्छना लगाएको गुनासो उनको छ ।

उनले भने, ‘विगत केही वर्षयता जब जब मलाई राज्यको तर्फबाट जिम्मेवारी दिइन्छ त्यहीबेला मविरुद्ध यस्ता लान्छना लगाउने गिरोह र मिडिया सधैं संगठित रुपमा सक्रिय हुने गरेका छन् र तिनीहरु एउटै जमात छन्।

उनीहरुले लगाएका अभियोगहरुको अदालती परीक्षणमा समेत मैले सधैं सफाइ पाएको छु तर जब उनीहरुको स्वार्थमा धक्का लाग्छ,तब मविरुद्ध समाचारका खेती हुने गरेका छन् । यो भनेको सम्मानित अदालतको समेत अपहेलना हो ।’

संविधान सभा सदस्य,व्यवस्थापिका संसदको सदस्य वा राजनीतिक दलको जिम्मेवार पदमा रहेका बेला अन्तर्राष्ट्रिय फोरमहरुमा आफुले देशको र बुद्ध जन्मस्थल लुम्बिनीको पक्षमा बोलेको उनको भनाइ छ । तर जब देशको पक्षमा केही काम गर्ने बेला हुन्छ त्यतिबेला अवरोध सिर्जना गर्ने नियतले आफूविरुद्ध विभिन्न अफवाहहरु फैलाइने गरेको गुनासो पनि उनले गरे ।

उपाध्यक्ष लामाले अगाडि भने, ‘म हेलम्बुजस्तो दुर्गम गाउँमा गरीव आदिवासी जनजाति परिवारमा जन्मिनु, मैले बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै मेरो अपराध हो भने यो अपराधबाट मैले कहिल्यै सफाइ पाउन सक्दिनँ । कहिले नागरिकताको प्रश्न उठाए,कहिले सम्पत्ति शुद्धीकरणको । कहिले हातहतियारको त कहिले ठगीको । तर ती सबै मविरुद्ध र मैले अबलम्बन गरेको धार्मिक आस्थामाथि हिलो छ्याप्ने नियतबाट लगाइएका अभियोग थिए भन्ने सम्मानित अदालतबाट पुष्टि भइसकेका छन् ।’

लुम्बिनी विकास कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर होला तर आफ्नो लागि भने गहन जिम्मेवारी भएको पनि उपाध्यक्ष लामाले बताए ।

हेर्नुहोस् प्रेस विज्ञप्ती

प्रेस वक्तव्य

विश्वभरका बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्र लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी दिने नेपाल सरकारको निर्णयप्रति म आभार व्यक्त गर्दछु । लुम्बिनीको विकास र यसको अन्तर्राष्ट्रिय पहुँच तथा पहिचान विस्तारका लागि मलाई योग्य ठानेर नियुक्त गर्ने मन्त्रिपरिषद,सम्माननीय प्रधानमन्त्री,माननीय मन्त्रीसहित सबैप्रति अभारी छु ।

लुम्बिनी विकास कोषको उपाध्यक्षमा मेरो नियुक्तिपछि केही मिडियाले मविरुद्ध चरित्रहत्याको निम्नतस्तरीय तहमा उत्रिएर गरिएका समाचार टिप्पणी र लान्छानाहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

विगत केही वर्षयता जब जब मलाई राज्यको तर्फबाट जिम्मेवारी दिइन्छ त्यहिबेला मविरुद्ध यस्ता लान्छाना लगाउने गिरोह र मिडिया सधै संगठित रुपमा सक्रिय हुने गरेका छन् र तिनीहरु एउटै जमात छन् ।

उनीहरुले लगाएका अभियोगहरुको अदालती परीक्षणमा समेत मैले सधैं सफाइ पाएको छु तर जब उनीहरुको स्वार्थमा धक्का लाग्छ,तब मविरुद्ध समाचारका खेति हुने गरेका छन् । यो भनेको सम्मानित अदालतको समेत अपहेलना हो ।

अघिपछि मैले संविधान सभा सदस्य,व्यवस्थापिका संसदको सदस्य वा राजनीतिक दलको जिम्मेवार पदमा रहेका बेला तथा अन्तर्राष्ट्रिय फोरमहरुमा मैले देशको र बुद्ध जन्मस्थल लुम्बिनीको पक्षमा बोल्दा तथा लबिङ ग र्दा नउठ्ने प्रश्न जब मैले देशको पक्षमा केही काम गर्ने बेला हुन्छ त्यसमा अवरोध सिर्जना गर्ने नियतले यस्ता अफवाहहरु फैलाइने गरेका छन् । केही सिमित मिडिया र व्यक्तिहरु यसमा संलग्न छन्,सबै होइन ।

म हेलम्बुजस्तो दुर्गम गाउँमा गरिव आदिवासी जनजाति परिवारमा जन्मिनु,मैले बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै मेरो अपराध हो भने यो अपराधबाट मैले कहिल्यै सफाइ पाउन सक्दिन ।

बाँकी उनीहरुले लगाएका सबै आरोपहरुको राज्यका संवैधानिक अंग तथा अनुसन्धान गर्ने अख्तियारीप्राप्त निकायहरुको अनुसन्धानबाट मैले पटक पटक सफाइ पाएको सत्य किन स्वीकार गर्न सक्दैनन् केही मान्छेहरु ? के अदालतले सफाइ दिए पनि केही पेशवर मेरा विरोधीहरुको इजलालसले सफाइ नदिएसम्म मैले अभियुक्त र अपराधी नै भइदिनुपर्ने हो ?

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...