News Portal

अविरल बर्षाको कारण हेटौंडा-काठमाडौं सडक खण्ड अबरुद्ध

हिमालीसंचार संवाददाता/युवराज राई
२५४ पटक

हेटौँडा । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने २ वटा सडक खण्ड अवरुद्ध भएको छ । गत आइतबार रातिदेखि अविरल  वर्षाका कारण पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको भैँसे भिमफेदी कुलेखानी काठमाडौँ सडक खण्ड र कान्तिलोक पथ अवरुद्ध भएको हो ।

अविरल वर्षाका कारण भैँसे भिमफेदी कुलेखानी काठमाडौँ सडक-खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका–२ ज्यालटारमा पहिरो खस्दा सडक अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उक्त सडक खण्डको सो स्थानमा सोमबार राती ११ः३० बजेको समयमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पहिरोका कारण सडक खण्ड बन्द हुँदा यातायातका साधन समेत रोकिएको उनले बताए । पहिरो खसेको स्थान हेटौँडा बुद्ध चोकबाट  करिब १२ किलोमिटर उत्तर पूर्वमा पर्छ । 

अविरल वर्षाका कारण सोमबार राती ९ः१० बजेको समयमा कान्ति लोकपथ अन्तर्गतको सो स्थानको सडक खण्डमा पहिरो खस्दा दुवै तर्फी बाटो अवरोध भएको हो । पहिरो खसेको उक्त स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट-६ किलोमिटर पश्चिम  दक्षिण पर्छ ।  यी दुवै स्थानको पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको भए पनि निरन्तर वर्षा भइरहेका कारण पहिरो हटाउन कठिन भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...