News Portal

अविरल बर्षाको कारण हेटौंडा-काठमाडौं सडक खण्ड अबरुद्ध

हिमालीसंचार संवाददाता/युवराज राई
२४२ पटक

हेटौँडा । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने २ वटा सडक खण्ड अवरुद्ध भएको छ । गत आइतबार रातिदेखि अविरल  वर्षाका कारण पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको भैँसे भिमफेदी कुलेखानी काठमाडौँ सडक खण्ड र कान्तिलोक पथ अवरुद्ध भएको हो ।

अविरल वर्षाका कारण भैँसे भिमफेदी कुलेखानी काठमाडौँ सडक-खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका–२ ज्यालटारमा पहिरो खस्दा सडक अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उक्त सडक खण्डको सो स्थानमा सोमबार राती ११ः३० बजेको समयमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पहिरोका कारण सडक खण्ड बन्द हुँदा यातायातका साधन समेत रोकिएको उनले बताए । पहिरो खसेको स्थान हेटौँडा बुद्ध चोकबाट  करिब १२ किलोमिटर उत्तर पूर्वमा पर्छ । 

अविरल वर्षाका कारण सोमबार राती ९ः१० बजेको समयमा कान्ति लोकपथ अन्तर्गतको सो स्थानको सडक खण्डमा पहिरो खस्दा दुवै तर्फी बाटो अवरोध भएको हो । पहिरो खसेको उक्त स्थान इलाका प्रहरी कार्यालय ठिंगनबाट-६ किलोमिटर पश्चिम  दक्षिण पर्छ ।  यी दुवै स्थानको पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको भए पनि निरन्तर वर्षा भइरहेका कारण पहिरो हटाउन कठिन भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...