News Portal

किरात राई यायोक्खा, हङकङको मुखपत्र ‘यलम्बर’बारे काठमाडौंमा अन्तरक्रिया

हिमालीसंचार संवाददाता
२४३ पटक

काठमाडौंमा / किरात राई यायोक्खा, हङकङको मुखपत्र ‘यलम्बर’ अंक २१, अन्तरजातीय विवाह र चुला प्रावधान विशेषांकको सन्दर्भमा काठमाडौंमा लेखक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।  किरात राई प्रज्ञा प्रतिष्ठान, हङकङको आयोजनामा जोरपाटीस्थित अत्तरखेल इस्ट वेस्ट फास्टफुड क्याफे रेस्टुरेन्टमा गत शनिबार ‘यलम्बर’ पत्रिकाका विषयमा अन्तरक्रिया गरिएको छ।

प्रज्ञा प्रतिष्ठान हङकङका सचिव वसन्त विपीन राईको अध्यक्षतामा आयोजित कार्यक्रममा डा. भक्त राई, डा. तारामणि राई, अन्तर्राष्ट्रिय खेलकुद छनोट परिषद्‌का प्रमुख एवं उपसचिव महेन्द्र राई, प्रज्ञा प्रतिष्ठान नेपालका प्राज्ञ चन्द्र रानाहँछा, संगीतकार, गायक एवं एरेन्जर धीरज राई, गीतकार संघका उपाध्यक्ष रमेश कोइराला, गीतकार संघकै निवर्तमान अध्यक्ष शुभ मुकारुङ, साहित्यकार चन्द्र मादेन आन्छन, चर्चित पत्रकार टीका चाम्लिङलगायतको उपस्थिति थियो।

कार्यक्रममा सहभगी लेखक, संस्कृतिकर्मी, रंगकर्मी, साहित्यकार, संगीतकार, गायक, कविले ‘अन्तरजातीय विवाह र तीन चुलाको महत्त्व’ सम्बन्धी गम्भीर गोलमेच सम्मेलनमा आआफ्ना अवधारणा प्रस्तुत गरेका थिए।

अधिकांश वक्ताले यो कार्यक्रमको विषय उठान नै पृथक र महत्त्वपूर्ण भएको, हङकङका नेपालीहरूले राष्ट्रका हरेक सुखदुःखमा उल्लेख्य योगदान गरेको र प्रवासमा पनि २१औँ अंकसम्म निरन्तर ‘यलम्बर’ प्रकाशन गर्ने संस्था किरातराई यायोक्खाकी अध्यक्ष चन्द्रमाया थुलुङ, प्रतिष्ठान हङकङका कुलपति शशीमदन राईलगायत यसमा आबद्ध पदाधिकारी र शुभचिन्तकको उच्च प्रशंसा गर्दै सबैलाई धन्यवाद दिएका थिए।

कार्यक्रममा यलम्बर पत्रिकाको २१औँ विशेषांकमा महत्त्वपूर्ण लेख पस्किनेहरू चर्चित स्रष्टा प्रगति राई, डाक्टर भक्त राई र पत्रकार लेखक सचित राईलाई समाजसेवी एवं उपस्थित मध्येका ज्येष्ठ नागरिक दिलेन्द्र मुकारुङमार्फत शिरमा सेतो फेटा गुथेर (शिर उठानी) सम्मान गरिएको थियो।

त्यस्तै किरात राई यायोक्खा हङकङ समितिले पठाएको २० हजार सहयोग किरात राई संस्कृति कलाकार संघका अध्यक्ष शालिक सताशक राई र महासचिव पदम थुलुङलाई सभाअध्यक्ष वसन्त विपीन राईले हस्तान्तरण गरेका थिए। कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता प्रमिला राईले गरेकी थिइन्। यो रेस्टुरेन्ट हङकङे नेपालीहरू जेवी ओख्रावु, वसन्त विपीन राईलगायतद्वारा यसै वर्षदेखि सञ्चालनमा आएको हो।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...