News Portal

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको सुन खरिद गरेको आरोपमा एक जनालाई पक्राउ

हिमालीसंचार संवाददाता
२०० पटक

मकवनपुर – चोरी गरेर ल्याएको सुनको गहना सस्तो मुल्यमा खरिद गरेको आरोपमा हेटौंडामा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीको सुन खरिद गरेको आरोपमा एक जनालाई पक्राउ गरेर मुद्धा चलाएको छ।
चोरीको सुन खरिद गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहको पूर्ण शाक्य एण्ड सन्सबाट एकजना पक्राउ गरेको जनाएको छ। चोरीको सुन, चाँदीको गहना खरिद गरेको आरोपमा कान्तिराजपथस्थित पूर्ण शाक्य एण्ड सन्सका प्रतीक शाक्यलाई पक्राउ गरिएको हो ।

उनले हेटौंडा–१७, चुनडाँडास्थित प्रमिला कार्कीको घरबाट चोरी भएको सुन र चाँदीको गहना खरिद प्रहरीले जनाएको छ।कार्कीको घरबाट हेटौंडा–६ स्थित चुच्चेखोलाका ३४ वर्षीय दिनेश नेपालीले सुन तथा चाँदीको गहना चोरी गरेका थिए । चोरी गरेको गहना पूर्ण शाक्यमा ल्याएर उनले विक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखाएको छ।                     

दिनेशले सुनको तिलहरी, जुली दुई थान, चाँदीको बाला, औंठी, लकेट विक्री गरेको देखिएको छ। उनले शाक्यले विल विनाकै गहना खरिद गरेको देखिएपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुविरुद्ध चोरीको आरोपमा मुद्धा दायर गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...