News Portal

संखुवासभा समाज हङ्कङ्द्वारा बाढी पीडितलाई राहत बितरण

नबराज राई
३८५ पटक

२० साउन २०८०, संखुवासभा। संखुवासभाको चैनपुर र पाँचखापन नगरपालिकाका बाढीपहिरो पीडितहरुलाई राहत वितरण गरिएको छ। संखुवासभा समाज हङ्कङ्ले सहयोग स्वरूप पठाएको रकम चैनपुर नगर सभाहलमा आयोजित एक कार्यक्रमका बिच आज (शनिबार) हस्तान्तरण गरिएको हो।

मृतक र वेपत्ता परिवारलाई नगद ४५ हजार र विस्थापित परिवारलाई २५ हजारका दरले राहत उपल्बध गरिएको हो। गत असार २ गते राती हेवाखोला र पिलुवा खोलामा आएको भीषण बाढीपहिरोमा परी दर्जन बढि मानिस बेपत्ता पार्नुका साथै निर्माणाधीन जलविधुत आयोजना ठुलो क्षति पुर्याएको थियो भने आसपासका दर्जन बढी घरपरिवार बिस्थापित भएका छ्न्।

पाँचखपनका एक परिवार र सभापोखरीका पाँच परिवारलाई भने खाँदबारीमै राहत वितरण गरिने प्रतिष्ठाका सदस्य वीर बहादुर राईले जानकारी दिनुभयो।

यसैविच, शिक्षक एवम् साहित्यकार ताराबहादुर बुढाथोकीले सामाजिक सन्जाल मार्फत आह्वान गरेको सहयोगबाट सङ्कलित रकम समेत सोही कार्यक्रमका बितरण गरिएको छ। बाढी पीडितका लागि सङ्कलित ३१ हजार रकम दाताहरूको प्रतिनिधित्व गर्दै बरुण बहुमुखी क्याम्पस खाँदबारीका वाणिज्य विभाग प्रमुख नवराज कार्कीले वितरण गर्नुभयो। मृतक परिवारलाई तीन हजार, वेपत्तालाई दुई हजार र विस्थापित परिवारलाई एक हजारका दरले राहत प्रदान गरिएको थियो।

संखुवासभा हङ्कङ् प्रतिभा पुरस्कार प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रम चैनपुर नगरपालिका प्रमुख कृष्णकुमार तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा उपप्रमुख एलिना श्रेष्ठ, वरिष्ठ समाजसेवी नेत्र गौतम, प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थिति रहेको थियो।

प्रतिष्ठानका अध्यक्ष टीकाराम गुरूङ्को सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका, सचिव किरणकुमार शाक्य, सदस्य वीरबहादुर राई, सदस्य ताराबहादुर बुढाथोकीलगायत शिक्षक तथा पत्रकारहरुसमेतको उपस्थिति रहेको थियो।

संखुवासभा समाज हङकङ्, संखुवासभा जिल्लाबाट हङ्कङमा गई रोजगारी गर्ने संखुवासभालीहरुको संगठन हो। पूर्व क्याम्पस प्रमुख उपेन्द्र बहादुर कोरङ्गी, टीबी याख्खालगायत हङकङमा बसेर देश र जिल्लाको माया गर्ने बौद्धिक ब्यक्तिहरूको सकृयतामा यो कोषको स्थापना भएको हो। यसले हरेक बर्ष हङकङ्बाट हाम्रो संखुवासभा स्मारिकासमेत प्रकाशन गर्दै आएको छ। संस्थाका सदस्य तथा सबै संखुवासभालीले कोषमा रकम जम्मा गर्दै आएका छन्।

यस अघि पनि संखुवासभाको सिलिचोङ्, मकालुलगायतका दैवी प्रकोप र आगलागी पीडितको राहत र पुनर्स्थापनासमेत गरेको थियो।संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठान यसैको जिल्लामा काम गर्ने निकाय हो। यसले बिशिष्ट क्षमता र प्रतिभालाई योगदानका आधारमा पुरस्कृत गर्दछ।

हालसम्म समाजसेवा, उद्योग, कृषि, साहित्य, कला र सङ्गीत क्षेत्रका दर्जन बढि प्रतिभालाई नगद र सम्मानपत्रले पुरस्कृत गरिसकेको छ।

थप तस्बिरहरु हेर्नुहोस्:

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...