News Portal

भिजाएर बदाम खानुहोस्, मिल्नेछ यस्तो फाइदा !

हिमालीसंचार संवाददाता
७४७ पटक

काठमाण्डौ। बदाममा इनर्जी, फ्याट, कार्बोहाइड्रेट, प्रोटिनको मात्रा अत्याधिक हुने गर्दा भिटामिन वा मिनरल्ससंग जोडिएका कयौं शारीरिक समस्यालाई टाढै राख्न मद्दत पुर्याउँछ। बदाम खाँदा जति मिठो छ त्यति नै शरीरको लागी फाईदाजनक छ।

बदाम खाने सहि तरिका र सतर्कता

हुन त तपाईले बदाम त्यत्तिकै खाँदा पनि हुन्छ तर त्यसको सहि तरिका भने भिजाएर खाँदा राम्रो हो। विशेषज्ञहरुका अनुसार बदामलाई भिजाएर खाँदा यसमा पाईने न्यूट्रिएंट्स शरीरमा पूर्ण तरिकाले लाग्ने छ। त्यस्तै बदामलाई सख्खरसंग मिसाएर पनि खान सकिन्छ भने सलादमा पनि मिसाएर खान सकिन्छ।

तर बदाम खाँदा ध्यान भने पुर्याउन जरुरीसमेत छ। बदामले शरीरलाई गर्मीसमेत प्रदान गर्ने हुँदा एकैचोटी धेरै बदाम सेवन गर्दा शरीरमा आउने अत्याधिक उर्जाले गर्दा हानी पुर्याउन सक्छ। एकैचोटी पेट भर्ने गरी बदाम सेवन भने नगर्नुहुन विशेषज्ञहरु सुझाव दिन्छन।

बदाम खानुका फाइदै फाइदा

१) बदामले शरीरमा गर्मी दिने हुँदा जसले गर्दा ब्लड सर्कुलरसमेत राम्रोसंग हुन पाउँछ। त्यस्तै बदामको सेवनले गर्दा जाडो महिनामा हुने भाईरल इन्फेक्सन वा रुघा खोकीबाट बचाउन मद्दत पुर्याउँछ।

२) बदाममा क्यालोरीको मात्रा कम हुन्छ। साथै यसको सेवनले गर्दा मेटाबोलिजम र ब्लड सर्कुलेशन बढाउँछ जसले गर्दा तौल घटाउन धेरै मद्दत पुर्याउँछ।

३) बदाम खाँदा पेट भरिएको जस्तो हुने गर्छ जसले गर्दा धेरै खाना खानेबाट तपाईलाई बचाउछ। यदि तपाईलाई घरिघरि भोक लागिरहन्छ भने बदामलाई मिसाएर खाने कुरा खाने गर्नुहोस, थोरै खाँदा नै तपाईको पेट भरिन्छ जसले गर्दा भोक मेटाउन धेरै खाईरहनु पर्दैन। तौललाई सन्तुलित राख्न यसले मद्दत पुर्याउँछ।

४) बदाममा मोनो-सैचुरेटेड फ्याटी एसिड पाइन्छ जसले गर्दा कोलेष्ट्रोल लेभललाई कन्ट्रोल गर्न मद्दत पुर्याउछ। यसको सेवनले गर्दा मुटुको बिरामीलाई पनि बच्न मद्दत पुर्याउँछ।

५) एंटी-ऑक्सीडेंट र ट्रिप्टोफेन गुणले भरपुर बदाम सेवनले गर्दा तनावबाट पनि मुक्ति दिलाउन मद्दत पुर्याउछ। डिप्रेसन हुनबाट पनि बदामको सेवनले बचाउ।

६) बदामको नियमित सेवन गर्दा मधुमेहको सम्भावना २१ प्रतिशतले घट्न मद्दत पुर्याउछ। बदाममा पाईने मैगनिज नामको तत्वले ब्लड शुगरलाई कन्ट्रोलमा राख्छ जसले गर्दा मधुमेहको खतरा केहि हदसम्म कम हुन पुग्छ।

७) सुत्केरी अवस्थामा बदाममा पाईने फोलिक एसिडले गर्दा शिशुमा हुने न्युरल ट्युब डिफ़ेक्टको खतरा कम हुन मद्दत पुर्याउछ।

८) बदाममा पाईने मोनो-सैचुरेटेड एसिड र एंटी-ऑक्सीडेंट गुणले स्किनलाई नरम बनाउन मद्दत पुर्याउछ। स्किनमा ब्लड सर्कुलेशन बढाउन मद्दत पुर्याउने हुँदा अनुहारमा चमक ल्याउछ।

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...