News Portal

  • भिजाएर बदाम खानुहोस्, मिल्नेछ यस्तो फाइदा !

    हिमालीसंचार संवाददाता
    ६७५ पटक

    काठमाण्डौ। बदाममा इनर्जी, फ्याट, कार्बोहाइड्रेट, प्रोटिनको मात्रा अत्याधिक हुने गर्दा भिटामिन वा मिनरल्ससंग जोडिएका कयौं शारीरिक समस्यालाई टाढै राख्न मद्दत पुर्याउँछ। बदाम खाँदा जति मिठो छ त्यति नै शरीरको लागी फाईदाजनक छ।

    बदाम खाने सहि तरिका र सतर्कता

    हुन त तपाईले बदाम त्यत्तिकै खाँदा पनि हुन्छ तर त्यसको सहि तरिका भने भिजाएर खाँदा राम्रो हो। विशेषज्ञहरुका अनुसार बदामलाई भिजाएर खाँदा यसमा पाईने न्यूट्रिएंट्स शरीरमा पूर्ण तरिकाले लाग्ने छ। त्यस्तै बदामलाई सख्खरसंग मिसाएर पनि खान सकिन्छ भने सलादमा पनि मिसाएर खान सकिन्छ।

    तर बदाम खाँदा ध्यान भने पुर्याउन जरुरीसमेत छ। बदामले शरीरलाई गर्मीसमेत प्रदान गर्ने हुँदा एकैचोटी धेरै बदाम सेवन गर्दा शरीरमा आउने अत्याधिक उर्जाले गर्दा हानी पुर्याउन सक्छ। एकैचोटी पेट भर्ने गरी बदाम सेवन भने नगर्नुहुन विशेषज्ञहरु सुझाव दिन्छन।

    बदाम खानुका फाइदै फाइदा

    १) बदामले शरीरमा गर्मी दिने हुँदा जसले गर्दा ब्लड सर्कुलरसमेत राम्रोसंग हुन पाउँछ। त्यस्तै बदामको सेवनले गर्दा जाडो महिनामा हुने भाईरल इन्फेक्सन वा रुघा खोकीबाट बचाउन मद्दत पुर्याउँछ।

    २) बदाममा क्यालोरीको मात्रा कम हुन्छ। साथै यसको सेवनले गर्दा मेटाबोलिजम र ब्लड सर्कुलेशन बढाउँछ जसले गर्दा तौल घटाउन धेरै मद्दत पुर्याउँछ।

    ३) बदाम खाँदा पेट भरिएको जस्तो हुने गर्छ जसले गर्दा धेरै खाना खानेबाट तपाईलाई बचाउछ। यदि तपाईलाई घरिघरि भोक लागिरहन्छ भने बदामलाई मिसाएर खाने कुरा खाने गर्नुहोस, थोरै खाँदा नै तपाईको पेट भरिन्छ जसले गर्दा भोक मेटाउन धेरै खाईरहनु पर्दैन। तौललाई सन्तुलित राख्न यसले मद्दत पुर्याउँछ।

    ४) बदाममा मोनो-सैचुरेटेड फ्याटी एसिड पाइन्छ जसले गर्दा कोलेष्ट्रोल लेभललाई कन्ट्रोल गर्न मद्दत पुर्याउछ। यसको सेवनले गर्दा मुटुको बिरामीलाई पनि बच्न मद्दत पुर्याउँछ।

    ५) एंटी-ऑक्सीडेंट र ट्रिप्टोफेन गुणले भरपुर बदाम सेवनले गर्दा तनावबाट पनि मुक्ति दिलाउन मद्दत पुर्याउछ। डिप्रेसन हुनबाट पनि बदामको सेवनले बचाउ।

    ६) बदामको नियमित सेवन गर्दा मधुमेहको सम्भावना २१ प्रतिशतले घट्न मद्दत पुर्याउछ। बदाममा पाईने मैगनिज नामको तत्वले ब्लड शुगरलाई कन्ट्रोलमा राख्छ जसले गर्दा मधुमेहको खतरा केहि हदसम्म कम हुन पुग्छ।

    ७) सुत्केरी अवस्थामा बदाममा पाईने फोलिक एसिडले गर्दा शिशुमा हुने न्युरल ट्युब डिफ़ेक्टको खतरा कम हुन मद्दत पुर्याउछ।

    ८) बदाममा पाईने मोनो-सैचुरेटेड एसिड र एंटी-ऑक्सीडेंट गुणले स्किनलाई नरम बनाउन मद्दत पुर्याउछ। स्किनमा ब्लड सर्कुलेशन बढाउन मद्दत पुर्याउने हुँदा अनुहारमा चमक ल्याउछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर १६ गतेको राशिफल

    आज मंसिर १६, २०८२ (डिसेम्बर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सार्क क्षेत्रमै चौथो स्थानमा नेपाल: १ लाख १५ हजारभन्दा बढी यौनकर्मी

    काठमाडौं – विश्व एड्सविरुद्धको दिवस–२०२५ का अवसरमा सार्कको एचआईभी–एड्स केन्द्र, काठमाडौंमा आज आयोजित विशेष कार्यक्रममा...

    एनआरएनए एउटा संगठनको उदय, उत्थान, पतन र पुनःएकताको कथन

    कुवेत – गैरआवासीय नेपाली संघ एनआरएनए,नेपाली प्रवासीहरूको अन्तर्राष्ट्रिय पहिचान, सामूहिक आवाज र असल उद्देश्य लिएर जन्मिएको...

    अनियन्त्रित सामाजिक सञ्जाल: नेपालको राजनीति, समाज र राष्ट्रहितमाथि बढ्दो अदृश्य युद्ध

    काठमाडौं -नेपाल आज एउटा अनौठो मोडमा उभिएको छ ,जहाँ लोकतन्त्रका नाममा खुला छाडिएका सामाजिक संजालहरू...

    सुदन गुरुङको पोखरा भ्रमणमा अवरोध प्रयासको आरोप

    पोखरा, मंसिर १५ – हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लिएर नेकपा...