News Portal

हेटौंडाबाट प्रहरीले समात्यो प्रतिवन्धित औषधि

युवा राई
३६६ पटक

हेटौंडा। मकवानपुरको हेटौँडा–१५ रातोमाटेबाट सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले प्रतिवन्धित ट्रामाडोल औषधि, बिल बिजक फरक कपडासहित मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ।

बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलले विरगंजबाट काठमाडौँतर्फ कागज लिएर जाँदै गरेको कन्टेनर भित्र लुकाई लगिएको प्रतिवन्धित औषधि र कपडा बरामद गरेर सार्वजनिक गरेको हो।

प्रहरीले बागमती प्रदेश ०१–००६ ख २६५६ नम्बरको मालबहाक कन्टेनरबाट १४ लाख ४६ हजार बराबरको कपडा, प्रतिवन्धित ट्रामाडोल औषधि ७ कार्टुन र म्याद गुज्रिएको मल्टी भिटामिन बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेडक्वाटर मकवानपुरका गणपति अनिल कार्कीले जानकारी दिए।

सशस्त्र प्रहरीले दश लाख २६ हजार बराबरको ५१३ थान कुर्था, एक लाख २० हजार मुल्य बराबरको ३० थान पाइन्ट, तीन लाख मुल्य बराबरको दुईसय थान टि–र्सट बरामद गरेको हो।

त्यस्तै, प्रहरीले प्रतिवन्धित औषधि ट्रामाडोल एक लाख ३१ हजार ७६० ट्याव्लेट र म्याद गुज्रिएको १५० वटा महरिच मल्टिभिटामिन बरामद गरेर सार्वजनिक गरेको छ।

सशस्त्र प्रहरीले कन्टेनरसहित चालक काँभ्रे देउपुर नगरपालिका–९ मण्डन बस्ने अन्दाजी ५० बर्षीय ज्ञानेन्द्रकुमार सापकोटालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...