News Portal

काठमाडौं महानगरपालिकाले कमलादीको स्काइवाक टावरको निर्माण सामग्री गुणस्तरको मापन गर्ने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४०० पटक

आइतबार, साउन-१४/काठमाडौं – काठमाडौं महानगरपालिकाले हालै संचालनमा आएको कमलादीस्थित स्काइवाक टावरमाथि छानविन गर्ने भएको छ । महानगरपालिकाले स्काईवाक टावरमा प्रयोग गरिएका सामग्रीको गुणस्तर, संरचनाको वैधानिकता, शुल्कलगायतमा छानविन गर्न लागेको हो ।

काठमाडौ स्थित कमलादीमा संचालनमा आएको दक्षिण एशियाकै अग्लो टावर रहेको दावि गरिएको उक्त स्काईवाक टावर ७८.५ मिटर अग्लो छ । स्काइवाल टावर निर्माण सम्पन्न भई पुर्ण रुपमा संचालनमा आएपछि प्रतिव्यक्ति शुल्क १ हजार रुपैयाँ तिरेर टावर चढ्न पाउने व्यवस्था गरिएको छ । स्काइवाक  टावरमा प्रयोग भएका निर्माण सामग्रीको गुणस्तर, नक्सार, पार्किङलगायत संरचना भएनभएको प्राविधिक विषयलाई ध्यानमा राखेर छानविन गर्न लागिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

हालै संचालनमा आएको उक्त टावर वन्डर्स नेपाल प्रालिले निर्माण गरेको हो । यसको कुल २२ तलासम्म निर्माण गरिएको उक्त टावरमा दुई ओटा लिफ्ट, एमपी थिएटरलगायतका सुविधा रहेको छ। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...