News Portal

प्रदेश राजधानी १२-१२ वर्षमा फेर्नुपर्ने सांसद शाक्यको प्रस्ताव !

हिमाली संचार संवाददाता
६२८ पटक

काठमाडौं – प्रदेश नम्बर ३ का सांसद डा. अजयक्रान्ति शाक्यले प्रदेश राजधानी १२-१२ वर्षमा फेर्नु पर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । प्रदेश नम्बर तीनको प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले तीन नम्बर प्रदेशको राजधानी कहाँ राख्दा उचित होला ? भन्ने अध्ययनसहितको प्रतिवेदन प्रदेशसभालाई बुझाएपछि यो विषयमा बहस सुरु गर्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

अध्ययन समितिले भौगोलिक अवस्था, क्षेत्रफल, जिल्लागत दूरी, जनसंख्या, स्थानीय तहको संख्या, पूर्वाधारको अवस्था, सामाजिक तथा सांस्कृतिक अवस्था, वातावरणीय अवस्थाबारे अध्ययन गरेर प्रतिवेदन तयार पारेर प्रदेशसभालाई बुझाएको छ । अब त्यही प्रतिवेदनका आधारमा प्रदेश तीनको राजधानी कहाँ राख्ने भन्ने बारेमा आगामी बैठकमा छलफल हुने भएको छ ।

‘प्रदेश नम्बर तीनको प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले तीन नम्बर प्रदेशको राजधानी कहाँ राख्दा उचित होला भनेर प्रदेशसभामा आफ्नो प्रतिवेदन पेस गरेको छ,’ शाक्यले भने, ‘हामी अब संभवतः आगामी बैठकमा प्रदेश राजधानीका विषयमा छलफल गर्छौं । छलफल त्यही प्रतिवेदनका आधारमा अघि बढाउँछौँ ।’

समितिले मुख्य गरेर पाँच वटा जिल्लामा प्रदेश राजधानी राख्दा उचित हुने प्रतिवेदन बुझाएको जानकारी दिदैँ शाक्यले भने, ‘समितिले बुझाएको प्रतिवेदनलाई नै आधार मानेर छलफल अगाडि बढाउँदा तत्काललाई सबै भन्दा उपयुक्त होला भन्ने ठानेका छौँ,’ उनले थपे, ‘मेरो धारणा भन्ने हो भने अहिले अध्ययन समितिले पाँच ओटा जिल्लालाई सिफारिस गरेको छ । उदाहरणका लागि अध्ययन समितिले सबैभन्दा बढी पूर्वाधार भएका यी पाँच जिल्लामा पनि काभ्रे र चितवनलाई भनेको छ । यीमध्ये कुन जिल्लामा राजधानी बनाउन पूर्वाधार पुग्छ । हो त्यही जिल्लामा सबैभन्दा पहिला अर्थात तत्काललाई प्रदेश राजधानी तोकौँ ।’

त्यसपछि बाँकी जिल्लालाई कम्तीमा १२-१२ वर्षमा पालैपालो राजधानी बनाउँदै जानुपर्ने उनको सुझाव छ । ‘हामीले १२ वर्षसम्म जुन जिल्लालाई राजधानी तोकेको हो त्यो जिल्ल्ााको पूर्वाधार पूर्णरुपमा विकास गरौँ । त्योसँगै अन्य जिल्लामा पनि विकास गर्दै जाऔँ । यो प्रदेश नम्बर तीनको मात्र होइन सात ओटै प्रदेशमा यही धारणा अनुरुप अघि बढ्न सकिन्छ,’ उनले भने, ‘यसरी हामीले १२-१२ वर्षमा राजधानी सार्ने र त्यहाँको पूर्वाधार विकास गर्दै अघि बढ्ने हो भने हामीले मुलुकको कुना-कुनासम्म विकास गर्न सक्छौँ । हामीले नेपालमा यसको सुरुआत गरेका छैनौँ ।’

विदेशमा यसको प्रयोग भैसकेको उदाहरण पनि उनले प्रस्तुत गरे । ‘हामीले यसको उदाहरणको रुपमा पाकिस्तान, म्यान्मार, अष्टे्रलिया, ब्राजिल लगायत करीव ११ वटा देशले गरेको अभ्यासलाई नमुनाको रुपमा लिन सक्छौँ,’ उनले भने, ‘म त अझ प्रदेश मात्र होइन संघीय राजधानी पनि कम्तीमा २५-२५ वर्षमा सार्नुपर्छ भन्ने मान्यता राख्छु । हामीले यसरी संघीय राजधानी पनि सार्ने हो भने मुलुकको अन्य ठाउँको पनि विकासमा थप टेवा पुग्ने निश्चित छ । अहिले काठमाडौं उपत्यकाको जस्तो दुरावस्था हुँदैन । त्योसँगै संघीयता कार्यान्वयन पनि उचित ढंगले भएर समग्र नेपालको विकास हुने छ ।’

समितिले भौगोलिक अवस्था, क्षेत्रफल, जिल्लागत दूरी, जनसंख्या, स्थानीय तहको संख्या, पूर्वाधारको अवस्था, सामाजिक तथा सांस्कृतिक अवस्था, वातावरणीय अवस्था सबैको अध्ययन गरेर वर्णानुक्रम अनुसार काभ्रेपलाञ्चोक, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर जिल्लामा प्रदेश राजधानी राख्दा उचित हुने सिफारिस गरेको छ ।

एनले संघीयतालाई साच्चै नै उपलब्धिमुलक बनाउने हो भने वा संघीयतालाई कार्यान्वयन गरे अनुसार नै त्यसको भावना अनुरुप हामी अघि बढ्दै त्यो सपना साकार पार्ने हो भनेे मेचीदेखि महाकालीसम्मका हरेक जिल्लामा पूर्वाधारको विकास गर्नुपर्नेमा पनि उनले जोड दिए ।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...