श्रावण १३ शनिबार/मोरङ – सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारको लागि रंगेली नगरपालिका अगाडि बढन सफल भएको छ । नगर भित्रका २९ सामुदायिक विद्यालयहरुमा आवश्यक गुणस्तर सुधारमा नगर लागि परेको छ।
सोही विषयमा नगरपालिकाले मेलिना गेष्ट हउसको सभाहलमा सरोकारवालाहरुसँग एक दिने अन्तक्रिया गरिएको छ । सरोकारवालाहरुले सामुदायीक विद्यालयको गुणस्तर सुधारमा सवै पक्षको साथ र सहयोग रहनुपर्ने सहभागीहरुले बताए ।
आयोजत कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले आ–आफ्नो जिम्मेवारी सवैले इमान्दारीताका साथ पूरा गरे विद्यालयको गुणस्तर सुधार गर्न कुनै कठीनाई नहुने बताए । उनले शिक्षालाई व्यपारको वस्तु नबनाई चेतनाको रुपमा लिइनुपर्ने बताए। उनले आरोप प्रत्यारोपको राजनीति भन्दा रचनात्मक काममा प्रतिष्पर्धाको रानीतिक संस्कार हनुपर्ने समेत बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य गयानन्द मण्डलले विद्यार्थीले परिक्षामा प्राप्त गर्ने अंक र विद्यालयको रिजल्टको आधारमा विद्यालयको गुणस्तर मुल्यांकन गरिनुपर्ने बताए । अन्तरकृयामा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले संस्थागत विद्यालय भन्दा सामुदायीक विद्यालयको गुणस्तरक राम्रो हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक प्रसाद गौतमले सामुदायिक विद्यालयका शिक्षकहरु विभिन्न चरण पार गरेर दक्ष बनी शिक्षा सेवा आयोग उतिर्ण गरेर शिक्षक बन्ने गरेपनी संस्थागत विद्यालय भन्दा गुणस्तर कम हुनु दुखद भएकाले सवै गम्भिर बन्नुपर्ने बताए ।
सो अवसरमा पब्लिक मावि रंगेलीका पूर्वप्रधानाध्यापक तथा स्थानीय बुद्धिजिवी सुरेस मिश्राले विद्यालयमा अध्ययपन गराउने शिक्षकहरुले समय अनुसार आफूलाई परिमार्जन गर्दै लानुपर्ने बताए । उनले विद्यार्थीलाई पढाउनका लागि शिक्षकले पूर्वतयारी गर्नुपर्नेसमेत बताए ।
कार्यक्रममा नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले राजनीतिक आस्थाको आधारमा शिक्षकहरु माथि भेदभाव नगर्न माग गरे। मेयर दिलिप बगडीयाले अन्तरकृयामा सम्पूर्ण सहभागीले दिएको सुभाव कार्यान्वय गर्दै सामुदायीक विद्यालयको गुणस्तर सुधारमा आफुहरु लागि पर्ने बताए ।
कार्यक्रममा रंगेली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकारप्रसाद न्यौपानेले विद्यालयको गुणस्तर सुधारमा हालसम्म भएका प्रयासहरुका बारेमा प्रस्तुतीकरण गरेका थिए । सो अवसरमा मानव अधिकार तथा वातावरण मञ्च (फरेन) विराटनगरका अध्यक्ष यज्ञ शर्माले शिक्षा क्षेत्रको सुधारका रंगेली नगरपालिकाले सञ्चालन गरेको अभियान नयाँ रहेको बताए ।
नगर शिक्षा समितिका संयोजक अवधेश मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा (ठाकुर), रंगेली नगरपालिकाकी उपमेर भूमा पराजुली, वडाध्यक्ष एवम् जनप्रतिनिधिहरु, सवै राजनीतिक दलका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्याक, शिक्षक, बाल क्लबका पदाधिकारीहरु, स्थानीय बुद्धिजिवि, समाजसेवी तथा शिक्षाप्रमीहरुको सहभागीता थियो । सो कार्यक्रम रंगेली नगरपालिकाका योजना अधिकृत कृष्ट भट्टराईले सञ्चालन गरेका थिए ।