News Portal

हेटौडाको पूर्वपश्चिम राजमार्ग बजार क्षेत्रको सडक विस्तार हुने

हिमालीसंचार संवाददाता/युवा राई
२०० पटक

हेटौडा – हेटौडा पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा बजार क्षेत्रको सडक विस्तारमा ६० वटा डोजर प्रयोग गरिने भएको छ ।

सर्वोच्चको अर्को आदेशसँगै सडक विस्तार रोकिने बताएपनि सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश यादवले सडक विस्तार कार्य अगाडि बढ्ने जनाएका छन् । उनले सडक विस्तारको तयारी अगाडि बढिसकेको र समय मात्र कुरेको प्रतिक्रिया दिएका छन् । 

हेटौंडा बजार क्षेत्रको ३४१ घरधनीहरुले २०७३ मा नै दायर गरेको मुद्धाको फैसला भइसकेकाले सोहीअनुसार सडक विस्तार कार्य अघि बढ्ने उनले बताए। सर्वोच्चको हालको अल्पकालीन आन्तरिम आदेशले नागरिकमा भ्रम सिर्जना गरेको उनको भनाई छ ।

उनले भने, ‘सर्वोच्चको आदेशले विस्तार कार्य प्रभावित हुँदैन । साउन १६ मा सडक विस्तार कार्यको सुरुवात हुन्छ ।’तत्कालका लागि अदालतको आदेश अनुसार २५ गज सडक सिमा विस्तार गरिने र सोही अनुसार सडक सीमामा रहेका घरटहरा हटाइने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...