News Portal

हेटौडाको पूर्वपश्चिम राजमार्ग बजार क्षेत्रको सडक विस्तार हुने

हिमालीसंचार संवाददाता/युवा राई
२२० पटक

हेटौडा – हेटौडा पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा बजार क्षेत्रको सडक विस्तारमा ६० वटा डोजर प्रयोग गरिने भएको छ ।

सर्वोच्चको अर्को आदेशसँगै सडक विस्तार रोकिने बताएपनि सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश यादवले सडक विस्तार कार्य अगाडि बढ्ने जनाएका छन् । उनले सडक विस्तारको तयारी अगाडि बढिसकेको र समय मात्र कुरेको प्रतिक्रिया दिएका छन् । 

हेटौंडा बजार क्षेत्रको ३४१ घरधनीहरुले २०७३ मा नै दायर गरेको मुद्धाको फैसला भइसकेकाले सोहीअनुसार सडक विस्तार कार्य अघि बढ्ने उनले बताए। सर्वोच्चको हालको अल्पकालीन आन्तरिम आदेशले नागरिकमा भ्रम सिर्जना गरेको उनको भनाई छ ।

उनले भने, ‘सर्वोच्चको आदेशले विस्तार कार्य प्रभावित हुँदैन । साउन १६ मा सडक विस्तार कार्यको सुरुवात हुन्छ ।’तत्कालका लागि अदालतको आदेश अनुसार २५ गज सडक सिमा विस्तार गरिने र सोही अनुसार सडक सीमामा रहेका घरटहरा हटाइने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...