News Portal

मोरङको रंगेलीमा दुष्प्रचार र द्वेषपूर्णका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
३३९ पटक

श्रावण १३ शुक्रबार,मोरङ – शी लिड्स महिला नेतृत्व कार्यक्रम  “दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति अहिलेबाट रोकौ” भन्ने मुल नाराका साथ एक कार्यक्रमको आयोजना गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

रंगेली नगरपालीका-२ स्थित मंगलबारे  स्थित  महेन्द्र माध्यमिक बिधालयमा एक दिने प्रक्षिण गरिएको थियो । कार्यक्रममा दुस्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिले पार्ने प्रभाव, राजनीति तथा नेतृत्व तहमा भएका वा आउन चहाने महिला तथा अन्य सिमान्तकृत समूहहरुमाथि हिंसा, धम्की जस्ता राजनीति तथा नेतृत्व तहमा आउनका लागि निरुत्साहित हुन सक्ने बिषयमा जानकारी गरएका थिए।

आयोजित कार्यक्रममा सहभागीहरुलाई राजनीतिमा महिला, अपाङ्गता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक र अन्य सिमान्तकृत समुदायका व्यक्तिहरुको महत्वपुर्ण योगदान पुऱ्याउने जानकारी गराएका थिए। 

आयोजित कार्यक्रममा स्थानीय युवा सुवास सिग्देल, सुरेन्द्र प्रसाद भट्टराई, बिधालयका  प्रध्यान्ध्यापक नारद प्रसद लुइँटेल उद्योग बाणिज्य महासंघका जिल्ला सदस्य राजाराम चौलागाईं, भलुवा राजा अध्ययन केन्द्रका शर्मिला भट्टराई, साना किसान सहकारी सस्थाका अध्यक्ष लालबहादुर श्रेष्ठ, महेन्द्र माबिका शिक्षक मोतिराम ढुङ्गाना, लिला पासवान बुद्धिजीवी समाजसेवी लगायतकको उपस्थिति रहेको थियो। वडासदस्य यसोदा कोइरालाले कार्यक्रम बारेमा प्रक्षिण दिएकी थिईन ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...