News Portal

  • मोरङको रंगेलीका सुन व्यपारी पवन सोनी फरार भए

    हिमालीसंचार संवाददाता/रविन्द्र बराल
    ३२३ पटक

    श्रावण ११ बिहिबार, मोरङ – मोरङको रंगेली नगपालीका ७ स्थित मुख्य बजारमा रहेको ओम शान्ति ज्वेलर्सका सञ्चालक फरार भएका छन  । करोडौं मूल्य बराबरको सुन, चाँदी र नगद लिएर रंगेलीमा व्यवसायी गर्दे आएका पवनकुमार सोनी परिवार सहित फरार भएका हुन।

    रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका लगायतका स्थानहरुमा सयौं सर्वसाधारणहरुको सुन र चाँदी धरौटीमा राख्नुका साथै केहीलाई नेपाली कागजमा तमसुकमा जग्गा  राखेर रकम लिने गरेका पिडित परिवारहरुले बताएका छन। 

    रंगेली ७ का अजय रायले तमसुक बनाएर आफुले २१ लाख रुपैयाँ सोनीलाई दिएको उनले बताए ।  

    दुर्गा मन्दिरको पछाडिमा एक कठ्ठा जग्गामा केही बर्ष अगाडि घर निर्माण गरि बस्दै आएका थिए। उमीहरुको तीन जना दाजुभाईहरुले गत शुक्रबार दाजुभाइले अंश बन्डा समेत  गरेको स्रोतले हिमालीसंचारडटकमसंग बतायो । 

    केही दिन अगाडि उनीहरुले घरमा रहेको चल, अचल सम्पत्ति समेत ट्रकमा लोड गरेर बिराटनगरतर्फ समेत लगेको स्थानीयले बताए।  घरको मुल गेटमा तालचावी लगाएर उनीहरु भागेका स्थानीयले बताए ।  

    ओम शान्ति ज्वलर्सले उक्त घर पनि लुम्बिनी बिकास बैकमा धितोमा राखेर १ करोड रुपैयाँसम्म ऋण लिएको र केही महिनादेखि ब्याज समेत नतिरेको र उक्त घर समेत लुम्बिनी बैक कै नाममा रहेको र अबको केही दिनमा उक्त घर समेत कानुनी प्रक्रिया अनुसार लिलामी प्रक्रियामा जाने स्रोतले जनाएको छ। 

    त्यस्तै, सोनीवेले रंगेलीका बैक तथा बित्तिय संस्थाहरुमा समेत ऋण लिएको इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक चन्द्र खड्काले वताए । उक्त पसलमा कसैले सुन र कसैले चाँदी ज्याकेडिमा राखेर रकम लिएको र कसैले ब्याजमा नगद दिएको  समेत पाईएको छ । 

    अहिले इलाका प्रहरी कार्यालय कागजी चिर्कटा लिएर उजुरी   दिन स्थानीयहरु समेत पुग्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीले प्रमाण सहित निवेदन दिन सर्वसाधारणहरुलाई आग्रह समेत गरेका छन । सोनीले के कति रकम र सुन चाँदी लिएर फरार भए भन्ने एकिन हुन नसकेको  प्रहरीले जनाएको छ । 

    उजुरी अनुसार अहिलेसम्म २ करोड ६५ लाख भन्दा बढी मूल्य बराबरको सुनचाँदी र नगद लिएर फरार भएको हुन उजुरी परेको छ । खड्काले भने उजुरी पर्ने क्रम जारी रहेकाले सोनीले गायब पारेको रकमको एकिन हुन न सकेको बताए ।  सोनी संगै काम गर्ने कर्मचारीले विश्वासकै भरमा लाखौ रुपैयाँ सापटी समेत दिएको सागर साहले बताए । रंजित यादवलाई विभिन्न मितिको चेक समेत सोनीले दिएको र आफुले उक्त चेक बैकमार्फत दुई पटक चेक बाउन्स समेत गरेको यादवले बताए 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३ गतेको राशिफल

    आज साउन ३, २०८२ (जुलाई १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...

    आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

    काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च...

    विराटनगरको प्रहरी कार्यालयमै तीन श्रमिकमाथि निर्घात कुटपिट, एकजना गम्भीर घाइते

    विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले...