News Portal

मोरङको रंगेलीका सुन व्यपारी पवन सोनी फरार भए

हिमालीसंचार संवाददाता/रविन्द्र बराल
३९८ पटक

श्रावण ११ बिहिबार, मोरङ – मोरङको रंगेली नगपालीका ७ स्थित मुख्य बजारमा रहेको ओम शान्ति ज्वेलर्सका सञ्चालक फरार भएका छन  । करोडौं मूल्य बराबरको सुन, चाँदी र नगद लिएर रंगेलीमा व्यवसायी गर्दे आएका पवनकुमार सोनी परिवार सहित फरार भएका हुन।

रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका लगायतका स्थानहरुमा सयौं सर्वसाधारणहरुको सुन र चाँदी धरौटीमा राख्नुका साथै केहीलाई नेपाली कागजमा तमसुकमा जग्गा  राखेर रकम लिने गरेका पिडित परिवारहरुले बताएका छन। 

रंगेली ७ का अजय रायले तमसुक बनाएर आफुले २१ लाख रुपैयाँ सोनीलाई दिएको उनले बताए ।  

दुर्गा मन्दिरको पछाडिमा एक कठ्ठा जग्गामा केही बर्ष अगाडि घर निर्माण गरि बस्दै आएका थिए। उमीहरुको तीन जना दाजुभाईहरुले गत शुक्रबार दाजुभाइले अंश बन्डा समेत  गरेको स्रोतले हिमालीसंचारडटकमसंग बतायो । 

केही दिन अगाडि उनीहरुले घरमा रहेको चल, अचल सम्पत्ति समेत ट्रकमा लोड गरेर बिराटनगरतर्फ समेत लगेको स्थानीयले बताए।  घरको मुल गेटमा तालचावी लगाएर उनीहरु भागेका स्थानीयले बताए ।  

ओम शान्ति ज्वलर्सले उक्त घर पनि लुम्बिनी बिकास बैकमा धितोमा राखेर १ करोड रुपैयाँसम्म ऋण लिएको र केही महिनादेखि ब्याज समेत नतिरेको र उक्त घर समेत लुम्बिनी बैक कै नाममा रहेको र अबको केही दिनमा उक्त घर समेत कानुनी प्रक्रिया अनुसार लिलामी प्रक्रियामा जाने स्रोतले जनाएको छ। 

त्यस्तै, सोनीवेले रंगेलीका बैक तथा बित्तिय संस्थाहरुमा समेत ऋण लिएको इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक चन्द्र खड्काले वताए । उक्त पसलमा कसैले सुन र कसैले चाँदी ज्याकेडिमा राखेर रकम लिएको र कसैले ब्याजमा नगद दिएको  समेत पाईएको छ । 

अहिले इलाका प्रहरी कार्यालय कागजी चिर्कटा लिएर उजुरी   दिन स्थानीयहरु समेत पुग्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीले प्रमाण सहित निवेदन दिन सर्वसाधारणहरुलाई आग्रह समेत गरेका छन । सोनीले के कति रकम र सुन चाँदी लिएर फरार भए भन्ने एकिन हुन नसकेको  प्रहरीले जनाएको छ । 

उजुरी अनुसार अहिलेसम्म २ करोड ६५ लाख भन्दा बढी मूल्य बराबरको सुनचाँदी र नगद लिएर फरार भएको हुन उजुरी परेको छ । खड्काले भने उजुरी पर्ने क्रम जारी रहेकाले सोनीले गायब पारेको रकमको एकिन हुन न सकेको बताए ।  सोनी संगै काम गर्ने कर्मचारीले विश्वासकै भरमा लाखौ रुपैयाँ सापटी समेत दिएको सागर साहले बताए । रंजित यादवलाई विभिन्न मितिको चेक समेत सोनीले दिएको र आफुले उक्त चेक बैकमार्फत दुई पटक चेक बाउन्स समेत गरेको यादवले बताए 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...