News Portal

  • सोमबारको दिनमा भगवान शिवजीको वर्त बस्नाले मनोकामना पुरा हुने धार्मिक विश्वास

    हिमालीसंचार संवाददाता
    ३७९ पटक

    काठमाण्डौ। सोमबार धेरै नारीहरु व्रत बस्छन्। सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ।

    अविवाहित नारीले सुयोग्य बर तथा विवाहिताले पतिको दीर्घायूको कामनासहित भगवान शिवको पूजा आरधना गरिन्छ।

    यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक विश्वास छ।

    सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ।

    भगवान शिवप्रति श्रद्धाभाव राख्दै निम्न ५ काम गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।

    १) सोमबार भगवान शिवको दिन अर्थाता चन्द्रमा का दिनका रुपमा लिइन्छ। यस दिन विहान सवेरै उठेर भगवान शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रसन्न भइ समस्या समाधान हुने विश्वास गरिन्छ।

    २) दाम्पत्य जीवनमा आउने उतार चढाव वा समस्या समाधानको लागि सोमबारको विहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ।

    ३) बिहानै बेलपत्रमा सेतो चन्दनको टीका बनाएर शिवलिंगको पूजा गर्नाले पनि फलिफाप हुन्छ।

    ४) सोमबारका दिन आफ्नो पायक पर्ने शिव मन्दिरमा पुगेर शिवलिंगमा दूध चढाउनुपर्छ। उक्त दूध तामाको भाडामा ल्याएर आफ्नो व्यापार व्यवसाय गरेको ठाउँमा पूर्ण श्रद्धाका साथ छर्किदै ‘ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्रीवृद्धि हुने मान्यता राखिन्छ।

    ५) ‘ॐ नमो धनदाय स्वाहा’ मन्त्र कुनै शिव मन्दिरमा गएर रुद्राक्षको मालाले ११ पटक जप गर्नुहस्। यस मन्त्रको जप गर्नाले धन लाभ हुने धार्मिक विश्वास छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संविधानभित्रै अन्तरिम सरकार गठन गर्न सकिन्छ : सुदन गुरुङ

    काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार...

    देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

    काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ।...

    अहंकारी नेताहरुका कारणले निम्ताएको दुर्गति

    – कमला थापा ०८२ भदौ २६ गते। काठमाण्डौ। जेन्जी साथिहरुलाई थोरै कुरा गर्न मन लाग्यो।...

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...