News Portal

धरान डेंगीको ‘हटस्पट’ बन्दै, स्वास्थ्यकर्मी र कर्मचारी समेत डेंगीको चपेटामा

हिमालीसंचार संवाददाता
३७८ पटक

धरान – धरान उपनहानगरपालिका धरानमा गत असार दोस्रो सातादेखि डेंगी संक्रमितको संख्या ह्वात्तै बढेसँगै धरानमा अहिले डेंगी संक्रमणको ‘हटस्पट’ बनेको छ। गत एक महिनामा मात्र धरानमा ३ हजार बढी मानिसमा डेंगी संक्रमण पुष्टी भए भने ४ जनाको मृत्यु भएको छ।

डेंगी संक्रमितको संख्या ह्वात्तै बढेसँगै प्रतिष्ठानमा विरामीको चाप बढेको छ। वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी बेड संक्रमितले भरिएपछि अहिले छुट्टै डेंगी अस्पताल सञ्चालनमा ल्याएको छ।

प्रतिष्ठानका सह-प्रवक्ता डाक्टर चुडामणी पोखरेलले यसअघि कोरोना संक्रमितको उपचारका लागि बनाइएको डेडिकेटेड अस्पताललाई नै डेंगी संक्रमितको उपचारका लागि सञ्चालनमा ल्याइएको जानकारी दिए। डेगी संक्रमितलाई डेडिकेटेड अस्पतालमा राखेर उपचार गर्न सुरू गरिएको जनाए।

‘विरामीको चाप अत्याधिक बढेको र इमेर्जेन्सी बेडहरू डेंगीका विरामीले भरिभराउ भएपछि अन्य रोगका विरामीहरूको उपचार पनि प्रभावित हुने देखियो। त्यसैले छुट्टै अस्पताल सञ्चालनमा ल्यायौं,’ सह-प्रवक्ता डा. पोखरेलले भने।

संक्रमितको चाप बढ्दै गएपछि अस्पतालले अहिले विरामीको स्थितिलाई हेरेर मात्र थप उपचारका लागि भर्ना गर्ने गरेको छ। सामान्य लक्षण भएका संक्रमितलाई आवश्यक परामर्श दिएर अस्पतालले घर पठाएको छ। थप उपचार गर्नुपर्ने अवस्था रहेको खण्डमा मात्र संक्रमितलाई इमेर्जेन्सीमा भर्ना गर्ने गरिएको र इमर्जेन्सीमा पनि संक्रमितको स्वास्थ्यमा थप जटिलता देखिए वार्ड र आइसियूमा सिफ्ट गरिने गरिएको डा. पोखरेलले बताए।

अहिले सय बेडको इमर्जेन्सी वार्ड आधा विरामी डेंगी संक्रमितले भरिएको छ। वार्ड र आइसियूमा २२ जना संक्रमित उपचाररत रहेका छन्। यसरी संक्रमितको चाप बढ्दै गएपछि अस्पतालले धरान उपमहानगरपालिकाको सहकार्यमा असार २९ गतेदेखि छुट्टै डेंगी क्लिनिक पनि सञ्चालनमा ल्याएको छ। क्लिनिक सातै दिन सञ्चालनमा रहेको उल्लेख गर्दै डा. पोखरेलले शनिबारको हकमा बिहान ९ बजेदेखि १२ बजे र अरू दिनमा बिहानको ८ बजेदेखि बेलुकी ६ बजेसम्म क्लिनिक खुल्ला रहने जनाए।

क्लिनिक सञ्चालनमा आएदेखि ८१९ जनाको परीक्षण हुँदा ६१५ जनामा डेंगी पुष्टि भएको छ। जुन कुल संख्याको ७५ प्रतिशत हो। २८५ जना भने निको भएर घर फर्किएका छन्।

डेंगी क्लिनिक सञ्चालनमा आएदेखि औसत दैनिक ९० जना मानिसहरू परीक्षण गराउन आउने गरेका छन्। र तीमध्ये अधिकांशमा संक्रमण पुष्टि भएको देखिन्छ। डा.पोखरेलका अनुसार परीक्षण गराउन आउने अधिकांश धरानका वासिन्दा छन्। यसबाहेक भोजपुर, मोरङ, झापा, ताप्लेजुङ र केहि आसपासका जिल्लाहरूबाट पनि छिटफुट संक्रमितहरू उपचारका लागि आउने गरेका छन्।  

अहिले सर्वसाधरण मात्र हैन अस्पतालकै स्वास्थ्यकर्मी र कर्मचारीहरू पनि डेंगीको चपेटामा परेका छन्। डा. पोखरेलले पछिल्लो सातामा मात्र झन्डै ६० जना स्वास्थ्यकर्मी र कर्मचारी डेंगीबाट संक्रमित भएको उल्लेख गर्दै त्यसले अस्पतालको नियमित सेवाहरू प्रभावित बन्न गएको जनाए। उनले स्वास्थ्यकर्मीहरू संक्रमित हुँदा डेंगी डेडिकेटेड अस्पताल र क्लिनिकमा पनि पर्याप्त जनशक्ति खटाउन समस्या परेको बताए।

इपियोडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि डेंगीको प्रकोप धरानमा आगामी असोजसम्म रहने आँकलन गरेको छ। महाशाखाले विपी प्रतिष्ठानमै आयोजित कार्यक्रममा धरानमा डेंगीको प्रकोप असोजसम्म रहनसक्ने जनाएको हो।

धरान उपमहानगरपालिकाले पनि डेंगी संक्रमणको रोकथाम र नियन्त्रणका लागि सचेतना फैलाउने, लार्भा नष्ट गर्ने र धुवा हान्ने जस्ता कामहरू गरेको उपमेयर आईन्द्र विक्रम बेघाले हिमालीसंचारडटकमसंग बताए। 

अहिले डेंगी प्रकोपलाई लिएर तत्काल कुनै मयेरस्तरीय निर्णय नभइसकेको उल्लेख गर्दै आवश्यक परे शिविर खडा गरेर भएपनि उपचार सञ्चालन गर्ने जनाए। ‘अहिले नगरका सबै वडाहरूले लार्भा खोज्ने, नष्ट गर्ने, धुवा हान्ने र सचेतना फैलाउने अभियान सञ्चालन गरिरहेका छन्। यसमा छुट्टै मेयरस्तरीय निर्णय भइसकेको त छैन। तर समस्या जटिल भयो भने हिजो कोभिडको बेलाजस्तै अस्पतालबाहिर शिविर सञ्चालन गरेर उपचार गर्ने समेत उपमेयर बेधाले बताए ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...