News Portal

विमानस्थलमा खटिएको सबै संयन्त्रमाथि छानबिन

हिमालीसंचार संवाददाता
३०० पटक

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सार जाँच पास गरेर करिब १०० किलो सुन बाहिरिनुले विमानस्थलको आन्तरिक प्रणालीमाथि नै प्रश्न खडा गराएको विज्ञहरुले बताएका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का पूर्वनिर्देशक राजेन्द्रसिंह भण्डारीका अनुसार, विमानस्थलको सबै जाँच पार गरेर १०० किलो सुन बाहिरिनुले विमानस्थलभित्रको सबै संयन्त्रमाथि छानबिन आवश्यक रहेको देखाएको छ।

फेरि यो सानो परिमाणमा आएको सुन होइन, यत्रो ल्याउनलाई कुनै साँठगाँठबिना कोही किन तयार हुन्छ ?’, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) समेत रहेका भण्डारी आशंका गर्छन्, ‘त्यसैले विमानस्थलभित्र प्रहरी, भन्सारदेखि लिएर अन्य संयन्त्रका कर्मचारीहरुमाथि पनि छानबिन आवश्यक देखिएको छ।’

हाल विमानस्थलमा प्रविधिको पनि विकास भएर बाक थ्रु, एक्स रे, सीसी क्यामरा, मेटल डिटेक्टर लगायत राखिए पनि सबै जाँच कसरी पार भयो भन्ने अनौठो देखिएको उनले अनलाइनखबरसँग बताए। पहिले म्यानुअल्ली जाँच हुन्थ्यो, छुट्यो होला भन्ने हुन्थ्यो। तर अहिले परिस्थिति फरक हो’, उनी भन्छन्, ‘ढुक्कसँग काम गर्नलाई त कुनै नेटवर्क जोडिएको हुनसक्छ। यसमा गम्भीर छानबिन जरुरी देखिन्छ।’

राष्ट्रिय अनुसन्धान विभाग (राअवि)का पूर्वप्रमुख देवीराम शर्मा पनि विमानस्थलभित्र भएका संयन्त्रबारे छानबिन जरुरी देखिएको बताउँछन्भ। न्सारभित्र प्रहरीको जाँच हुँदैन, त्यसमा प्रहरी र भन्सार कर्मचारीबीच समन्वय जरुरी देखिन्छ’, उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थलबाट यसरी क्वीन्टलमा सुन भित्रिनुले हाम्रो विमानस्थलको सुरक्षामा अन्तर्राष्ट्रिय स्तरमा पनि प्रश्न उठाउँछ।’ यसमा गम्भीर छानबिन गरेर कमजोरीलाई सुधानुपर्ने उनी बताउँछन्।

राजश्व अनुसन्धान विभागले बुधबार विमानस्थलबाहिर झण्डै एक क्वीन्टल सुन बरामद गरेको थियो। मोटरसाइकलको ‘ब्रेक शु’मा लेप लगाएर ल्याएको सुन विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...