News Portal

आयोगले सरकारलाई भन्यो– विमानस्थलबाट फकाईएका कामदारलाई क्षतिपूर्ति देऊ

हिमालीसंचार संवाददाता
२६५ पटक

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले फर्काएका कामदारलाई क्षतिपूर्ति दिन सरकारलाई आग्रह गरेको छ।

गत साता जोर्डन र कुवेत जाँदै गर्दा अध्यागमनले १५६ कामदारलाई फिर्ता गरेपछि आयोगले बुधबार एक विज्ञप्ति जारी गर्दै क्षतिपूर्ति दिन आग्रह गरेको हो।

“वैदेशिक रोजगारीमा जाने क्रममा अध्यागमन कार्यालयबाट रोक लगाई फर्काइएका कामदारहरूको आर्थिक क्षतिको आकलन गरी क्षतिपूर्तिको व्यवस्था गर्न, यस कार्यमा संलग्न अधिकारीहरूलाई जिम्मेवार बनाउन र आप्रवासी श्रमिकको अधिकार संरक्षण सम्बन्धमा आयोगले विगतमा गरेका सिफारिसहरूको कार्यान्वयनका लागि आयोग नेपाल सरकारसमक्ष आग्रह गर्दछ,” आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले भने।

वैदेशिक रोजगारीमा जाने कामदारहरूको प्रस्थान अनुमतिमा लगाइएको रोकप्रति आयोगले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संस्थागत श्रम स्विकृति लिई कामका लागि कुवेत/जोर्डन जान लागेका कामदारलाई गत असार २४ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरूले कागजातहरू शंकास्पद रहेका भनी फर्काएका थिए।

वैदेशिक रोजगारीमा जाने कामदारहरुको अधिकारप्रति संवेदनशील हुन र वैदेशिक रोजगार व्यवस्थापन गर्दै आएका जिम्मेवार निकायहरूबीच प्रभावकारी समन्वय गर्न पनि आयोगले भनेको छ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...