News Portal

हेटौंडामा कोरा साइक्लिङ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित रेस सम्पन्न

हिमालीसंचार संवाददाता/युवा राई
३१६ पटक

युवा राई/हेटौंडा – हेटौडा राइडर्स विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको कोरा साइक्लिङ रेस यस वर्ष पनि हेटौंडामा सम्पन्न भएको छ। हेटौंडा राइडर्स क्लबले गत शनिवार सम्पन्न गरेको हो।

विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसार गराउने उद्देश्यसहित हेटौंडा रेस आयोजना गरिएको आयोजक राइडर्स क्लबले जनाएको छ। ‘साइकलको माध्यमद्वारा विशेषत हेटौंडाको धार्मिक, तीर्थस्थल तथा पर्यटकीय क्षेत्रहरुको पहिचान गराउने उद्देश्यले प्रत्येक वर्ष हेटौंडा कोरा साइक्लिङलाई निरन्तरता दिँदै आएको क्लबले जनाएको छ। 

हेटौंडा राइडर्स क्लबका अध्यक्ष विकास ताम्राकारका अनुसार ‘आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए।’ हेटौंडाको हुप्रचौरबाट शुरु भएको साइकल रेस विभिन्न शक्तिपिठहरुको परिक्रमा गर्दै हेटौडा वडा नं. १४, १३, १२ र ११ हुँदै हेटौंडाको बुद्धचोकमा पुगेर रेस समापन भएको थियो। रेसमा करिब २ सय जनाको सहभागीता रहेको थियो।

रेसमा सहभागी खेलाडीहरुले साइकलमा करिब ५० किलोमिटरको यात्रा गरे। कार्यक्रमका लागि करिब ३ लाख ७० हजार रुपैयाँ खर्च भएको आयोजले जनाएको छ। हेटौंडा कोरा साइक्लिङ रेसका लागि जाइन्ट साइकलले मुख्य प्रायोजन गरेको निको अस्पताल प्रा.लि सह प्रायोजक रहेका हुन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...