धरान मेघा कलेजमा ४ सय ७५ जनाले दिए प्रवेशिका परीक्षा

धरान – शैक्षिकसत्र २०८०/८१ सालको एसईई पास भएका विधार्थीहरुको ११ कक्षामा नया भर्नाका लागि धरान १२ चतरा लाइन स्थित धरान मेघा कलेजको प्रवेशिका परिक्षा शुक्रवार सम्पन्न भएको छ ।
प्रवेशिका परिक्षामा धरान उपमहानगर र आसपासका क्षेत्रबाट ४ सय ७५ जना विद्यार्थीले सहभागित जनाएका छन । प्रवेशिका परिक्षामा धनकुटा, हिले, सिधुवा, संखुवासभा, भोजपुर, फिदिम पाचथर, झापा, मोरङ जिल्लासंगै धरान आसपासका क्षेत्रका चतरा, केराबारी, इटहरी, तरहरा, चक्रघट्टिबाट विद्यार्थी भाइबहिनीहरुले सहभाहिता जनाएको धरान मेघा कलेजका प्राचार्य भाष्कर पौडेलले जानकारी गराएका छन । वर्षाको कारण फर्म भरेका धेरै विद्यार्थीहरु प्रबेशिका परिक्षामा छुटेका छन । उनिहरुलाई थप प्रबेशिका परिक्षाको ब्यवस्था गरिने प्राचार्य पौडेलले जनाए ।
ब्याचलर लेबलसम्म म्यानेजमेन्ट बिषयको पढाइ हुने धरान मेघा कलेजमा म्यानेजमेन्टसंगैं साइन्स, होटल म्यानेजमेन्ट, कानुन, फुड एन्ड न्युट्रेसन विषयमा बिद्यार्थीहरुले छनौट गरेर अध्ययन गर्न सक्ने छ ।
यस शैक्षिकसत्रमा नया भर्ना भएका ११ कक्षाको पढाइ श्रावण १० गतेदेखि सुरु हुने कलेजले जानकारी गराए । कलेजले आफ्नो सामाजिक उत्तरदायित्वको रुपमा विद्यार्थीहरुलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न खेलका उत्कृष्ट खेलाडी, शिक्षामा उत्कृष्ट, बिपन्न वर्ग, दुर्गम क्षेत्र, एकल महिला, दलित लगायत क्षेत्रमा दशदेखि १५ प्रतिशत बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बुले जानकारी गराए ।


















