News Portal

सिंगापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेश्नलमा’ नेपालका तीन सुन्दरी

हिमाली संचार संवाददाता
६३५ पटक

काठमाडौं – सिंगापुरमा आयोजना हुने विवाहित महिलाहरुबीच प्रतिस्पर्धा रहने अन्तराष्ट्रिय सौन्दर्य प्रतियाेिगता ‘मिसेस इन्टरनेशनल २०१८’ नेपालको प्रतिनिधित्व चन्दा थापा गिरी, सुरुची पाण्डे र अलाईजा महर्जनले गर्ने भएका छन् ।

यी सबैलाई रिवनले पठाउन प्रतियोगतिाका लागि पठाउन लागेका पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी दिए । उनले भने ‘सबै सुनदरीले यही २८ अक्टोबरदेखि २ नोभेम्बरसम्म हुने ‘मिसेस इन्टरनेशनल २०१८’ ताजको लागि दमदार प्रस्तुति दिनेछन् ।’

तीनै प्रतियोगी शनिबार सिंगापुरतर्फ उड्नेछन् । अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका विवाहित सुन्दरीहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने चन्दा थापा गिरी ‘मिसेस नेपाल इन्टरनेशनल २०१८’, सुरुची पाण्डे ‘मिसेस नेपाल २०१७’ र अलाईजा महर्जन ‘मिसेस नेपाल ग्ल्याम २०१८’ का विजेता हुन् ।

प्रतियोगिताको विभिन्न चरण सिंगापुर, मलेशिया र इन्डोनेसियामा हुने समेत भाहाले बताए । उनका अनुसार सिंगापुर विमानस्थलमा उत्रिएदेखि नै प्रतियोगिहरुको मूल्यांकन प्रक्रिया शुरु हुनेछ । प्रतियोगिताका विभिन्न चरणका कार्यक्रम सिंगापुर, मलेसिया र इन्डोनेसिया हुँदै निर्णायक स्पर्धा सिंगापुर पुगेर हुनेछ । मिसेस इन्टरनेशल सिंगापुरको टीकेएस एण्ड सन्सले आयोजना गर्दै आएको छ ।

नेपालको प्रतिनिधित्व गर्ने मिसेस सुन्दरीहरुले प्रतियोगितामा आफुलाई अब्बल सावित गर्न कोरियोग्राफर अश्विनी झा, अभिनेता वीरेन्द्र हमाललगायतसँग विभिन्न विधाको प्रशिक्षण लिई आफुलाई तयार गरिरहेका छन् । उनीहरुले मञ्जुश्री, कन्टेम्पोरी नृत्य, अभिनयलगायत नेपाल चिनाउने विशेष प्रस्तुति पनि पस्कने छन् ।

प्रतियोगितामा सहभागी हुन इभेन्ट आयोजक निशुकान्त झाको नेतृत्वमा विजयी मिसेस नेपाल इन्टरनेशल सुन्दरीहरुका साथ प्रशिक्षक कोरियोग्राफर अश्विनी झा, इभेन्ट मेनजेर बालकृष्ण पोखरेललगायतको टोली सिंगापुर पुग्नेछ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...