News Portal

प्रदेशको नाम ‘कोशी’ नामाकरण हुनु भनेको पञ्चायती सोच होः युग पाठक

हिमालीसंचार संवाददाता/प्रीयजन राई
४०३ पटक

उदयपुर – प्रदेशको नाम ‘कोशी’ नामाकरण हुनु भनेको मानव पहिचान विरुद्ध रहेको राजनीतिक विश्लेषक तथा लेखक युग पाठकले बताएका छन् ।

मंगलबार किरात राई यायोक्खा उदयपुरद्वारा आयोजित उभौली साकेला कार्यक्रमलाई सम्वोधन गर्दै लेखक पाठकले सो कुरा बताएका हुन् । अहिलेको मूलभूत उठेको आवाज र जनचाहना विपरित पञ्चायतकालिन साशक र शोषक प्रवृत्तिमा राखिने नाम संघीयतापछि पनि उस्तै अवस्था रहेको उनको भनाइ थियो ।

राजनीतिक विश्लेषक पाठकले राज्यले नेपालका सबै समुदायहरुलाई समान हक, अधिकार दिनु पर्ने भन्दै पहिचानमा आधारित नामहरुको आवश्यक रहेको उनको धारणा थियो ।

अन्तर्गत महिला, दलित, आदिवासी जनजाति लगायत सबै राज्यको अंगहरुलाई उत्तिकै अधिकार वितरण हुनु पर्ने उनको धारणा थियो । उनले कोशी प्रदेश जवरजस्ती राख्नु पञ्चायती व्यवस्था जस्तै प्रदेशको नाम राखिएकोप्रती उनले कडा आपत्ति जनाए थिए ।

पहिचानको विषय कुनै पनि जातिय र समुदायको नभइ सम्पूर्ण मानव सभ्यतासँग जोडिएको उनको जोड रहेको थियो । देशभित्र वस्ने बाहुन क्षेत्री लगायत सबै मानव अस्तित्वको पहिचान रहेको बताउँदै पञ्चायतको सोँचका कारण किरात शब्द राईको मात्रै भन्ने गलत बुझाईले समस्या ल्याएको बताए ।

पहिचानलाई सधै जोगाउने पक्षमा जस्तो सुकै लडाइहरुदेखि पछि हट्न नहुने उनको सुझाव थियो । पाठकले पहिचानलाई जातको रुपमा सोचिरहेको सोँचलाई परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उनले बाहुन क्षेत्रीको पनि पहिचान समाप्त हुँदै गएको बताउँदै आफ्नो समुदायको नाम विद्यालयको सार्वजानिक संस्थाहरुको नाम इन्टरनेशनल भइसकेकोप्रति चिन्ता व्यक्त गरे । अहिलेका नानीहरुलाई स्याउ भन्न बिर्साउँदै जाँदा एप्पल भनेको मात्रै बुझ्ने भएको उनको भनाइ थियो । कुनै एउटा जातिको पहिचान मेटिनु भनेको सबैको पहिचान मेटिनु हो ।

नेपालमै पहिचान मेटिएर भुटानी सरणार्थी बनाएर अमेरीका पठाउन लागि परेकोसमेत पाठकले कुरा जोडे। पैसाको हुटहुटीमा पहिचान सकाउन यहाँ मरिमेट्ने अवस्था रहेको उनले बताए ।

कार्यक्रममा पहिचानवादी नेताहरु गोपाल किराती, भिम राई, रमेश राई र आङकाजी शेर्पा लगायतले आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा साकेला शीली नाचेर प्रदेशको नाम खारेजीको माग गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...