News Portal

  • अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बास्केटबलमा डक्टर्स महिला पुरुष र थर्ड इयर अव्युदय महिला पुरुष फाइनल प्रवेश

    हिमालीसंचार संवाददाता/बिकास चाम्लिङ राई
    ४६३ पटक

    धरान, आषाढ-१२ मंगलबार। धरान स्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत बास्केटबल खेलमा डाक्टर्स महिला-पुरुष र थर्ड इयर अव्युदय महिला-पुरुष दुबै टिम फाइनल प्रवेश गरेका छन् ।

    बुधबार हुने फाइनल खेलमा महिलातर्फ डाक्टर्स विरुद्ध  आयोजक थर्ड इयर टिम र पुरुषतर्फ पनि डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर बिच नै उपाधिको लागि प्रतिस्पर्धा हुने भएको छ। सोमबार भएको महिलातर्फको सेमी फाइनल खेलमा डाक्टर्स टिमले जुनियर फस्ट इयर टिमलाई २४-० र थर्ड इयरले फस्ट इयर सिनियरलाइ ८-५ अंकले पराजित गर्दै फाइनल प्रवेश गर्दै आफ्नो स्थान पक्का गरेका थिए । 

    त्यस्तै, पुरुषतर्फ डाक्टर्स टिमले फोर्थ इयर टिमलाइ ४०-२१ र थर्ड इयर अव्युदयले फस्ट इयर सिनियरलाई ३१-६ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेका छन ।

    खेलमा महिला डाक्टर्स टिमका सिवानी सैले शर्माले १०, थर्ड इयर महिला टिमका यमुना रोकाय ४, थर्ड इयर पुरुषतर्फ हार्दिक गोयल १० र डाक्टर्स टिमका भिषण राईले १५ अंक ब्यक्तिगत जोड्न सफल भएका थिए । धरान बास्केटबल संघको प्राबिधिक सहयोग रहेको बास्केटबल खेलको फाइनल खेल भने बुधवार साझ वीपी प्रतिष्ठानको बास्केटबल कोर्टमा हुने छ ।

    थर्ड इयर अव्युदयको आयोजनामा भइरहेको स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत क्रिकेट, फुट्बल, भलिबल, टेबलटेनिस, चेस, पावरलिफ्टिङ्ग, रिले रेस, क्यारम्बोर्ड, अनलाइन गेम पबजी, सिओडी र फिफा गेम भइरहेको छ । बास्केटबलमा महिला र पुरुषतर्फ ६/६ टिमले सहभागिता जनाएको छ ।

    धरान भेट्रान बास्केटबल र आयोजक अलस्टार बिच मैत्रीपुर्ण खेल हुनेः फाइनल खेलको अघिल्लो दिन मंगलबार पुरुषतर्फ आयोजक अलस्टार बास्केटबल टिम बिरुद्ध धरान भेट्रान बास्केटबल टिम र महिलातर्फ आयोजक अलस्टार र धरान बास्केटबल प्राबिधिक टिम बिच मैत्रीपुर्ण खेल हुने भएको छ । मनोरञ्जन संगैं आपसी भाइचारा बढाउनका लागि मैत्रीपुर्ण खेल खेल्न लागिएको डाक्टर्स टिमका खेलाडी डा. सशांक  ताम्रकारले हिमालीसंचारडटकमसंग बताए । मैत्रीपुर्ण खेल मंगलबार साझ ६ बजेदेखि शुरु हुने छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा–सुविधा फिर्ता, आजैदेखि कार्यान्वयनमा

    काठमाडौं, असार १८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई उपलब्ध गराइएको सबै सरकारी सेवा तथा सुविधा...

    माओवादी केन्द्रको माग : निजामती सेवा विधेयकमाथि भएको षड्यन्त्रको गहिरो छानबिन होस्

    काठमाडौं, असार १८ – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा विधेयकमाथि सुनियोजित रूपमा...

    ताप्लेजुङमा पहिरोले कटुवाल परिवारको घर पुरिँदा चार जना घाइते

    ताप्लेजुङ, असार १८ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा मंगलबार राति आएको भीषण पहिरोले एकै परिवारका...

    गंगा जमुना गाउँपालिका वडा नम्बर ५ मा ग्राभेलसम्म नहुँदा स्थानीय जनता सास्तीमा

    हरि बानियाँ/ धादिङ, असार १८— बर्खा लागेपछि कच्ची सडकहरू, विशेषगरी पहाडी र ग्रामीण क्षेत्रमा, जहाँ...

    आज २०८२ साल असार १८ गतेको राशिफल

    आज असार १८, २०८२ (जुलाई २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...