News Portal

मोरङको रंगेली हुलाकी सडकको सौदर्यता बढाउन वृक्ष रोपन

हिमालीसंचार संवाददाता/रबिन्द्र बराल
२८२ पटक

मोरङ, असार ११ सोमबार । “सम्वृद्घिका लागि वन जनताको रहर हरित शहर अभियान” भन्ने मुल नाराका साथ विराटनगर रंगेली सडक खण्ड अन्तर्गत रंगेलीको बेतना चोकदेखि मधुवनी चोकसम्मको ७ किलो मिटर हुलाकी सडक तथा बजारको सौन्दर्यता बढाउन नगरले विभिन्न जातका बोट विरुवा सडकको  बिचभागमा बनाईएको डिभाईसमा वृक्षारोपण गरिएको छ।

बृक्ष रोपन कार्यक्रममा मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभासदस्य ऋषिकेश पोख्रेल, मोरङ क्षेत्र नम्बर ५ का  प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डल, रंगेली नगरपालिका मेयर दिलिप वगडिया, उपमेयर भुमा पराजुली, प्रससकिय अधिकृत ओमकार प्रसाद न्यौपाने, सवडिभिजन वन कार्यलय आमतोलाका प्रमुख नरेन्द्र प्रसाद गुरागाइ, स्थानीय मनोज अग्रवाल, विभिन्न वडाका वडाध्यक्ष, सदस्य लगायतको वृक्षारोपण कार्यक्रममा सहभागी रहेको थियो । 

मेयर दिलिप वगडीयाले बजारको सौन्दर्यता संगै बोटविरुवाले अक्सिजन दिने हुदा नगरबासीको स्वास्थ्यलाई समेत राम्रो हुने र वातावरण समेत स्वाच्छ हुने भएकाले वन तथा भूसंरक्षण विभाग र रंगेली नगरपालिकाको साझेदारीमा वृक्षारोपण थालिएको मेयर बगडियाले  बताए । 

वृक्षा रोपन लागि स्थानीय स्तरबाट उपभोक्ता समितिका अध्यक्ष बिनोद गिरिले सडकको बिचमा बजारलाई सौन्दर्यता दिने र वातावरणलाई स्वच्छ राख्न विभिन्न प्रजातिका विरुवा रोप्ने योजना रहेको जानकारी दिए । उनले बोटविरुवाको गोडमेल निगरानीका लागि जनशक्तिको व्यवस्थापन गरि विरुवा हुर्काउने योजना रहेको समेत हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...