News Portal

वीपीमा अव्युदय स्पोर्ट्स फेस्ट २०२३, बास्केटबलमा डक्टर्स महिला पुरुष, अव्युदय थर्ड इयर र ब्याच २०२३ बिजयी

हिमालीसंचार संवाददाता/बिकास चाम्लिङ राई
५६२ पटक

धरान – आषाढ १०, आइताबार। धरान स्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अव्युदय तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बिहिबारदेखि शुरु भएको छ ।

स्पोर्ट्स फेस्ट अन्तर्गत बिहिबारदेखि वीपी प्रतिष्ठान इन्टर ब्याच  बास्केटबल टुर्नामेन्ट सुरु भएको हो । बास्केटबल अन्तर्गत शनिबार भएको खेलमा महिलातर्फ डक्टर्स टिमले फस्ट इयर टिमलाइ १७-६, आयोजक ब्याच अवुदयले ब्याच २०२३  लाई २४-० अंकको अन्तरले पराजित गरेको हो ।

त्यस्तै, सोही दिन दुई खेल खेलेका पुरुषतर्फ डक्टर्स टिमले ब्याच २०२३ टिमलाई ४५-४ र ब्याच २०२२ टिमलाई ३९-८ अंकले पराजित गरेका छन । सनिबार साझ भएको अन्तिम खेलमा ब्याच २०१८ टिमले ब्याच २०२१ टिमलाई १४-० अन्तरले पराजित गरेका थिए । 

स्पोर्ट्स फेस्ट अन्तर्गत क्रिकेट, फुट्बल, भलिबल, टेबलटेनिस, चेस, पावरलिफ्टिङ्ग, रिले रेस, क्यारम्बोर्ड, अनलाइन गेम पबजी, सिओडी र फिफा जस्ता विभिध खेल भइरहेको वीपी  प्रतिष्ठान स्पोर्ट्स कमिटी सदस्य हार्दिक गोयलले जानकारी गराए । बास्केटबल खेलमा महिला र पुरुष तर्फ ६/६ टिम रहेको छ । बास्केटबल तर्फको फाइनल खेल भने बुधबार हुने गोयलले बताए । 

आजको खेल महिलातर्फ सेकेन्ड इयर विरुद्ध जुनियर फस्ट इयर  र सिनियर फस्ट इयर विरुद्ध फोर्थ इयर ब्याचले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा प्राबिधिक सहयोग धरान बास्केटबल संघले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...